सप्तरी घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
राष्ट्रिय मानव अधिकार आयोगले नेकपा (एमाले)द्वारा राजविराजमा सोमबार आयोजित कार्यक्रममा अवरोध गर्न पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको झडपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीद्वारा फागुन २४ गते हस्ताक्षरित विज्ञप्तिमा झडपमा प्रहरीको गोली लागेर चार जनाको ज्यान गएको र दर्जनौँ व्यक्ति घाइते भएको घटना दुःखद् भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ ।
विज्ञप्तिमा मृतकका परिवारलाई उचित राहत, क्षतिपूर्ति उपलब्ध गराउन र घटनामा घाइते भएका सर्वसाधारण उपचारको व्यवस्था मिलाउन समेत सरकारसँग आग्रह गरिएको छ । आयोगले झडपको क्रममा घाइते भएका तथा मृतकको अवस्था सम्बन्धमा तथ्यहरू सङ्कलन गर्न आयोगले क्षेत्रीय कार्यालय विराटनगरबाट अनुगमन टोली फागुन २४ गते नै परिचालन गरेको जनाइएको छ ।
विज्ञप्तिमा आयोगले कुनैपनि राजनीतिक दलले आफ्ना राजनीतिक क्रियाकलापहरू सञ्चालन गर्दा हदैसम्मको संयमता अपनाउनसमेत आग्रह गरेको छ ।
यसैगरी राष्ट्रिय मानव अधिकार आयोगले २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारजनलाई रोजगारी र छोराछोरीलाई शिक्षा दिन सरकारलाई सिफारिस गरेको छ ।
आयोगका प्रवक्ता अन्सारीले घटनामा संलग्न विभिन्न प्रतिवदेनका आधारमा आज गरिएको निर्णयबारे विज्ञप्ति जारी गर्दै टीकापुर घटनाको आज निर्णय गर्दै आयोगले घटनामा भएको क्षति यकिन गरी क्षतिपूर्ति दिनसमेत सरकारलाई सिफारिस गरिएको छ ।
आयोगले सुरक्षा लापरबाहीले टीकापुर घटना भएको भन्दै सशस्त्र प्रहरी बलका डिआइजी खडानन्द चौधरी र सशस्त्र प्रहरी बल उग्रतारा गणका एसपी लक्ष्मणबहादुर सिंहलाई विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।
यसैगरी कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ र इलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुमन धितालले पनि मानव अधिकार उल्लङ्घन गरेको ठहर गरेको छ ।
आयोगले नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, सङ्घीय समाजवादी फोरममा अध्यक्ष उपेन्द्र यादव, सभासद् अमरेशकुमार सिंह र नेकपा-माओवादीका नेता देव गुरुङगले उत्तेजक भाषण गर्दा स्थिति तनाबपूर्ण बनेको बताएको छ ।
यसैगरी आयोगले विज्ञप्तिमा २०७२ भदौमा रुपेन्दहीको गोनाहास्थित बेथरीमा चार वर्षीया बालिकासहित ६ जना सर्वसाधारणको ज्यान जाने गरी सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको उल्लेख गरिएको छ ।
यसैगरी आयोगले गरेको निर्णयमा मोरङको रङ्गेलीमा युवा सङ्घ नेपाल र संयुक्त मधेसी मोर्चाको आ-आफ्नो हठका कारण प्रहरीसँगको मोर्चाको झडपका कारण गोली लागी तीन जनाको ज्यान गएको जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…