सप्तरी घटनाका घाइतेको उपचार हुँदै
सप्तरीको राजविराजमा फागुन २३ गते प्रहरीको गोली लागेर घाइते ६ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
राजविराजमा फागुन २३ गते नेकपा एमालेले गरेको आमसभाविरुद्ध प्रदर्शनमा उत्रेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो झडपमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।
घटनामा गोली लागेर सप्तरीको प्रस्वनी गाविस-४ का ४० वर्षीय आनन्द साह, मलेठ गाविस-४ का ५० वर्षीय पिताम्बरलाल मण्डल र मलेठ गाविस-२का २५ वर्षीय रञ्जन भनिने सज्जन मेहताको मृत्यु भएको थियो । मृतकको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवघरमा राखिएको छ ।
घटनामा प्रहरीको गोली लागेर घाइते मलेठ गाविस-२ का ३८ वर्षीय विरेन्द्रकुमार महतो, राजविराज नपा-७ का ३३ वर्षीय जितन साह, राजविराज नपा-७ कै १५ वर्षीय सुरेन्द्रकुमार साह, मधेपुरा गाविस-२ का ५७ वर्षीय इनर यादव, राजविराज नपा-५ का ४३ वर्षीय दिगम्बर यादव र वरिपुर गाविस-१ सप्तरीका २३ वर्षीय दिलिप यादवको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
घटनामा प्रहरीको लाठी प्रहारबाट घाइते ६ जना उपचारपछि फागुन २४ गते घर फर्किएको प्रतिष्ठानले जनाएको छ ।
यस्तै प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट घाइते प्रहरी जवान रमेश मङ्ग्राती र रञ्जित सिंह साथै एमाले कार्यकर्ता इटहरी उमनपा-४ का ५१ वर्षीय धनपति पाठकको पनि प्रतिष्ठानमा उपचार भइरहेको छ ।
शेखर ढकाल
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…