सप्तरी घटनाका घाइतेको उपचारको क्रममा मृत्यु, मृतकको सङ्ख्या पाँच
सप्तरीको बसविट्टी गाविस-५ मा फागुन २३ गते मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर घाइते जमुनी मधेपुरा गाविस-२ का ५७ वर्षीय इनर यादवको उपचारका क्रममा फागुन २७ गते दिउँसो मृत्यु भएको छ ।
यादवको मृत्युसँगै उक्त घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि एकजनाको घटना स्थलमै एक जना र उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो ।
पेटमा गोली लागेका उनको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । उपचारका क्रममा दिउसो २:२० मा इनरको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
बसविट्टीमा फागुन २३ गते नेकपा एमालेले गर्न लागेको सभा विरुद्ध प्रदर्शन गर्दा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरी बीच झडप भएको थियो झडपमा प्रहरीले चलाएको गोली नौ जनालाई लागेको थियो ।
प्रहरीको गोलीबाट घाइते अन्य चार जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै उपचार भइरहेको छ ।
शेखर ढकाल
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…