सप्तरीमा सप्तकोशी नगरपालिका कार्यालय तोडफोड, वडा अध्यक्ष घाइते
सप्तकोशी नगरपालिका कार्यालयमा फागुन ८ गते भएको प्रदर्शनमा कार्यालय तोडफोड भएको छ भने वडा अध्यक्षसहित दुई जना घाइते भएका छन् ।
ढुङ्गामुढाबाट वडा नम्बर ४ का वडा अध्यक्ष बद्रीनारायण चौधरी, वडा नम्बर २ का सदस्य जाहिर हुसेन, वडा नम्बर ९ का स्थानीय किसान यादव घाइते हुनु भएको छ ।
नगर प्रमुख उत्तमकुमार शर्माले फागुन ८ गते एक विज्ञप्ति जारी गरी कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पु¥याउने घटनाप्रति खेद व्यक्त गर्नु भएको छ ।
महिला नगर प्रहरीमाथि हातपात र ढुङ्गामुढा गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालय सामान तोडफोड गरेको उहाँले जानकारी दिनुभयो । कार्यालय तोडफोडबाट करिब ५ लाख रुपियाँ बराबरको क्षति भएको शर्माले जानकारी दिनु भयो ।
विभिन्न ६ बुँदे माग राखी सङ्घर्षमा उत्रिएको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले फागुन ५ गते नगरपालिकामा गरेको तालाबन्दी फागुन ६ गते नगरपालिकाले खोलेपछि पुनः ताला लगाउन जाँदा घटना भएको हो ।
तालाबन्दी गर्न गएका सङ्घीय सत्ता गठबन्धन दलका कार्यकर्तालाई सुरक्षाकर्मीले रोकेपछि उनीहरूले गरेको ढुङ्गामुढाबाट वडा नम्बर ४ का वडा अध्यक्ष बद्रीनारायण चौधरी र वडा नम्बर ९ का स्थानीय किसान यादव घाइते हुनु भएको हो ।
प्रदर्शनकारीहरूले पछाडिबाट प्रहार गरेको ढुङ्गा लागेर प्रदर्शनको नेतृत्व गरिरहनुभएका चौधरी र यादव घाइते हुनु भएको हो । चौधरीको टाउकोमा र यादवको नाकमा चोट लागेको छ ।
घाइते दुवै जनाको उपचार स्थानीय फत्तेपुर पोलिक्लिनिकमा भइरहेको छ । वडा सदस्य हुसेन उपचारका लागि धरान पुग्नु भएको छ ।
प्रदर्शनकारीहरूले सप्तकोशी नगरपालिकाको कोभिडको खर्च र आन्तरिक लेखा परीक्षणको विवरण, राष्ट्रिय मावि फत्तेपुरको भवन निर्माणको ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन खर्च व्यवस्थापनको विवरण उपलब्ध गराउनु पर्ने, आर्थिक वर्ष २०७८÷०७९ मा नगरभित्रका सम्पूर्ण ११ ओटै वडाका योजनाहरू कार्यान्वयन हुनुुपर्ने माग राख्दै ताला लगाएका थिए ।
माग सम्बोधन नगरी नगरपालिकाले आफुखुशी ताला खोलेर द्वन्द्व निम्त्याएको सङ्घर्ष समितिको भनाइ छ ।
नगर प्रमुख शर्माले माग गरिएको खर्च विवरण नगरपालिकाले एक सातामै तयार पारे पनि लिन बोलाउँदा सङ्घर्ष समितिका कोही नआएको बताउनु भयो ।
वार्ताका लागि पटक–पटक बोलाए पनि नआएपछि नागरिक समाज, प्रहरी प्रशासनको रोहबरमा निर्णय गरी ताला खोलेको उहाँले बताउनु भयो ।
सेवा प्रवाह अवरोध हुँदा नागरिकलाई नै मर्का परेकाले ताला खोलिएको जानकारी दिनु भएका नगर प्रमुख शर्माले कार्यपालिका बैठकले निर्णय गरेर आन्दोलनरत पक्षलाई वार्तामार्फत समस्या समाधान गर्न पटक–पटक मौखिक र अन्ततः लिखित रुपमै विवरण लिन बोलाए पनि नआएको बताउनु भयो ।
वार्ताबाट समाधान हुने परिस्थितमा कार्यालयमा ढुङ्गामुढा गरी नियोजितरुपमा क्षति पु¥याउनु र जनप्रतिनिधि र कर्मचारीमाथि भौतिक चोट पु¥याउनु निन्दनीय रहेको नगर प्रमुख शर्माको भनाइ छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…