सप्तरीमा गोली लागि घाइते भएका एकको उपचारका क्रममा मृत्यु
सप्तरीको राजविराजमा फागुन २३ गते प्रहरीको गोली लागेर घाइते भएका मलेठ गाविस-२ का ३८ वर्षीय विरेन्द्रकुमार महतोको उपचारका क्रममा फागुन २५ गते मृत्यु भएको छ ।
पेटमा गोली लागेका उनको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । उपचारका क्रममा बिहान पौने ९ बजे विरेन्द्रको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
विरेन्द्रसगैं सप्तरीमा प्रहरीको गोली लागेर मर्नेको संख्या चार पुगेको छ । यसअघि एकजनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरीको गोलीबाट घाइते अरु पाँच जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै उपचार भइरहेको छ ।
इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार मृत्युको खबरपछि उनका पत्नी रञ्जना मेहता र सासू द्रोपतीदेवी मेहता बेहोस भएका छन् ।
उनीहरूको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । माओवादी द्वन्द्वकालमा प्रहरीको जागिर छाडेका मेहता मलेठ गाविस-२ स्थित ससुराली घरमा बसेर कृषी व्यवसाय गर्दथे । उनका नाबालक तीन छोरी र एक छोरा छन् ।
शेखर ढकाल
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…