सप्तरीको रुपनीमा पाँच राउन्ड हवाइ फायर
रुपनी गाउँपालिका–५ बसविट्टीस्थित वडा कार्यालय भवनमा भएको मतदानस्थलमा वैशाख ३० गते राति साढे ६ बजे पाँच राउन्ड हवाइ फायर भएको छ ।
मतदानस्थलमा उत्पन्न विवादले झडपको रुप लिएकाले हवाइ फायर गरिएको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनु भयो । हवाइ फायर भएपछि मतदाताहरु तितरबितर भएका छन् ।
दिउँसो सवा ४ बजे पानी पर्नाले प्रभावित भएको मतदान कार्य पुनः सुचारु भएपछि रुजु गरिसकेर मत खसालेका व्यक्तिले पुनः मतदान गरेको भन्दै दुई पक्षबीच विवाद भएको थियो । झडपपछि अवस्था नियन्त्रणमा लिन राजविराजबाट ठूलो सङ्ख्यामा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित गरिएको थियो ।
अर्काको नाममा मत खसाउन आएका व्यक्ति गिरफ्तारीमा परेपछि एउटै व्यक्तिले धेरै पटक बोकस मत खसाएको भन्दै विवाद सुरु भएको स्थानीय सन्तोष यादवले बताउनु भयो ।
शान्तिपूर्ण तरिकाले भएको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरुले बीचबीचमा निहुँ खोजेर विवाद बढाएको र कांग्रेसको इशारामा मतदान स्थगित गर्न खोजेको जसपाबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार हरेराम यादवले बताउनु भयो । कांग्रेस, लोसपा लगायतका पार्टीले भने निर्वाचन स्थगित गर्नुपर्ने माग गरेका छन् । निर्वाचन स्थगित गर्ने वा कायम राख्ने विषयमा दलहरुबीच विवाद रहेको छ ।
निर्वाचन अधिकृत कुमार मास्केले हवाइ फायर भएकोले सो केन्द्रकोे निर्वाचन स्थगित गर्नुपर्ने भन्दै सूचना तयार पारेको तर जसपा पक्षबाट नाराबाजी भइरहेकोले सूचना टाँस गर्न नसेकेको यादवले बताउनु भयो । मास्केले भने हवाइ फायरले मतदाताहरु तितरबितर भई स्वभाविक रुपमा गर्न पाउने मतदानबाट बञ्चित भएकोले स्थगित गर्नुपर्ने विषयमा सल्लाह भइरहेको बताउनु भयो ।
७ सय ५६ मतदाता रहेको मतदान केन्द्र ‘क’ मा ५ सय ९६ जनाले मतदान गरेका थिए भने ७ सय ६७ मतदाता रहेको केन्द्र ‘ख’ मा ५ सय ६२ जनाको मत खसेको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…