सदरमुकाम नजिकका ३ सय घरलाई पिउने पानीको समस्या
सदरमुकाम नजिकै रहेको बेनी नगरपालिका–२ खबरा क्षेत्रका ३ सय घरधुरीमा पिउने पानीको अभावले स्थानीयहरु समस्यामा परेका छन् । सदरमुकाम बेनी सँगै जोडिएको २ नम्बर वडाको खबरा क्षेत्रमा पानीको व्यवस्थित श्रोत र वितरण हुने माध्यम नहुँदा समस्या हुने गरेको हो ।
बेनी नगरपालिका–२ लभ्लीहिलका चन्द्रबहादुर कार्कीले आफ्नो घरमा पिउने पानी ल्याउनका लागि मात्रै तीन लाख भन्दा बढी खर्चिनु परेको छ । एक घरले आफ्नो प्रयोगका लागि पानीको मुहान भएको जग्गा नै खरिद गरेर एक किलोमिटर भन्दा टाढाबाट आफ्नै लगानीमा पानी ल्याउनु परेको उहाँको भनाई छ ।
बेनी नगरपालिका–२ को मुल्छरी भन्ने ठाउँमा पानीको मुहान भए पनि त्यसलाई उचित तरिकाले ल्याउन नसक्दा समस्या भएको बेनी नगरपालिका–२ का वडा अध्यक्ष यामबहादुर क्षेत्रीले बताउनुभयो । नगरपालिका मार्फत योजना त प¥यो तर इन्जिनियरीङमै समस्या भएपछि केही धारा बने पनि पानी भने झर्दैन उहाँको भनाई छ । इन्जिनियरीङको समस्या हो वा ठेकेदारले बनाउदा अर्कै बनाए हामीलाई बुझ्न कठिन भयो तर खानेपानी योजना अलपत्र भएको उहाँले बताउनुभयो ।
त्यस्तै अर्का युवा व्यवसायी आनन्द रिजालले पनि रोटेपानी भन्ने ठाँउबाट १ हजार ५ सय मिटर पानीको पाइप टाँगेर पानी ल्याउनु भएको छ । व्यवसायीक कृषि फर्ममा लाग्नुभएका रिजालले आफूले पिउने र आफ्नो कुखुरा फर्मका लागि पाँच लाख भन्दा बढी रकम खर्चेर पाइप मार्फत पानीको व्यवस्था गर्नुभएको छ । रिजाल भन्नुहुन्छ–‘धेरै ठाउँमा ताकेता गरियो अनि धेरैलाई भनियो तर कतैबाट सुनुवाई नभएपछि सदरमुकाम नजिकै भए पनि के गर्नु आफैले लगानी गरेर पानीको व्यवस्था गर्न बाध्य भए ।’ डिपबोरीङ गरेर पिउने पानि निकाल्न सकिने सम्भावना देखिएको भए पनि उचित योजना पर्न नसक्दा ठूलो बस्तीले पानीको समस्या बेहोर्नु परेको हो । आँफैले व्यवस्था गर्न नसक्ने स्थानीयहरुको अवस्था निकै दुखद छ उहाँले बताउनुभयो ।
संघीय सरकारको विषेश अनुदान अन्तरगतको बहुवर्षीय योजना अनुरुप खानेपानीको एक घर एक धारा निर्माण थालिएको भए पनि ठेकेदारले सम्झौता अनुसार काम नगर्दा समस्या भएको बेनी नगरपालिकाका इन्जिनियर बिमल रन्जन कार्कीले बनाउनुभयो । संघीय सरकारबाट आर्थिक वर्ष २०७७÷०७८ मा ९० लाख, त्यस पछिको वर्ष ४८ लाख र चालु आर्थिक वर्षमा ९० लाख बजेट विशेष अनुदान मार्फत आएको भए पनि पहिलो वर्षकै काम सम्पन्न हुन नसक्दा पिउने पानीबाट स्थानीय वञ्चित भएको उहाँको भनाई छ ।
पानीको मुहान देखि रिजर्ब ट्याङ्की सम्मको ठेक्का लिएको हिमालयन खुसी होम जेभीले सम्झौता अनुरुप काम गरेको छैन कार्कीले भन्नुभयो । सम्झौता अनुरुप काम गर्ने सर्तमा थपिएको म्याद पनि मङ्सिर मसान्तमा सकिने भए पनि काम सम्पन्न हुने नदेखिएको उहाँको भनाई छ ।
सदरमुकाम नजिकै रहेको बस्तीमा वर्षौं देखि पिउने पानीको समस्या हुँदा पनि स्थानीय निकायले उचित ध्यान पु¥याउन नसकेको स्थानीय वासिन्दाहरुको गुनासो रहेको छ ।
अमृतप्रसाद पौडेल
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…