सडक यातायात नजोडिँदा तेम्बाथानका नागरिक स्वास्थ्य सेवाबाट वञ्चित
जुगल गाउँपालिका–३ स्थित तेम्बाथानमा सडक यातायात नजोडिँदा त्याहाँका नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित रहेका छन् । गाउँमा गाउँघर क्लिनिक छ, तर वर्षात्को समयमा हिँडेर जाने बाटो समेतको समस्या हुँदा यहाँका नागरिक स्वास्थ्य सेवाबाट वञ्चित भएका हुन् ।
वर्षायाम भन्दा अघि लगेको औषधि सकिएको र अहिले बाटोको असुविधाले औषधि लैजान मुस्किल भएकाले तेम्बाथानमा औषधिको समस्या भएको जुगल गाउँपालिका–३ का वडा अध्यक्ष लक्ष्मण दोङले बताउनु भयो ।

याहाँबाट बिरामी भएकै दिन औषधि पाइने स्वास्थ्य संस्था वा अस्पताल पुर्याउन नसकिने पनि वडााध्यक्ष दोङले बताउनु भयो । ‘उपचारको लागि हिँडेर जादा पनि भिरको बाटो, दुई दिन लगाएर कात्तिके बजारमा रहेको मेडिकल पुगिन्छ । बोकेर लैजान सक्ने बाटो छैन । सिकिस्त वा इमरजेन्सी बिरामी भएमा काठमाण्डौ बाट हेलिकप्टर झिकाएर लैजानुपर्ने बाध्यता रहेको छ ।’–तेम्बाथानका स्थानीय सुनलाल दोङले भन्नु भयो ।
शेर्पा र तमाङ समुदायको बसोबास रहेको यो गाउँमा सुत्केरी गराउनसमेत समस्या रहेको जुगल गाउँपालिकाकी पुर्व उपाध्यक्ष सिर्जना तमाङले बताउनु भयो । जुगल हिमालको फेदीमा रहेको तेम्बाथान गाउँमा पुग्न गाडी पुग्ने ठाउँ बोल्देबाट एक दिनको जङ्गलको उकाली बाटो छिचोल्नु पर्छ । सडकले गाउँ नजोडिएका कारण यहाँका नागरिक वर्षात्को समयमा आवतजावत गर्दैनन् ।
दुई महिनाको लागि आवश्यक पर्ने खाद्यलगायतका सामग्री वर्षायामअघि नै जोहो गर्नु पर्ने बाध्यता रहेको पूर्व उपाध्यक्ष तामाङले बताउनु भयो । गाउँबाट दुईदिन हिँडेर जुगल गाउँपालिका–४ स्थित कात्तिके बजारसम्म पुगेर दैनिक उपभोग्य सामग्री किन्नु पर्छ ।
नातिबाबु धिताल
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…