सडक मर्मत हुन नसकेपछि स्थानीयलाई सास्ती, स्टेचरमा बिरामी लैजानु पर्ने बाध्यता
वर्षातको समयमा दैनिकजसो परेको पानीले जिल्लाको ग्रामिण सडक झण्डै एक वर्षदेखि अवरुद्ध हुँदै आएपछि यस क्षेत्रका स्थानीयलाई स्वास्थ्य लगायत अन्य सेवा लिन समस्या भएको छ ।
खप्तडछान्ना गाउँपालिकाको गोरखालीदेखि जयपृथ्वी नगरपालिकामा पर्ने जिल्ला सदरमुकाम चैनपुरसम्म पुग्ने बाटो ०७८ असोज ३१ गतेदेखि अवरुद्ध हुँदा अत्यावश्यक स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनु पुरेको खप्तड छान्ना गाउँपालिका–५ की स्थानीय कल्पना उपाध्यायले गुनासो गर्नु भयो ।
खप्तडछान्ना गाउँपालिका–४ मेल्तडीका गौतम रोकायाको खेल्ने क्रममा दायाँ हात भाँचिदा स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नहुँने भएपछि सात घण्टासम्म स्टेचरमा बोकेर चैनपुरस्थित जिल्ला अस्पताल पुर्याइएको गौतमका मामा लोकेन्द्र रावलले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘वर्षातका कारण बाटो भत्तिएको झण्डै एक वर्ष भयो । भत्किएको बाटो मर्मत नहुँदा यातायातका साधनहरु सञ्चालन हुन सकेका छैनन् । भत्किएको बाटोको मर्मत नभएपछि बिरामीहरुलाई स्टेचर मै बोकेर सात घण्टाको पैदल हिडेर जिल्ला अस्पताल लैजानु पर्ने बाध्यता छ ।’
खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका १३ वर्षीय सुसिल सार्कीको टाउँकोमा पानी जमेपछी साउन ८ गते उपचारको लागि भारतको दिल्ली जानु पर्ने अवस्था भयो ।
बाटो बिग्रिएका कारण यातायातका साधन सञ्चालन हुन नसकेपछि स्टेचरमै बोकेर जिल्ला सदरमुकामस्थित बस पार्कमा पुर्याएको सुशीलका परिवारले गुनासो गर्नु भयो ।
गत वर्षको असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले जडारीगाँडले सडकमा क्षति गरेकाले स्थानीयलाई अत्यावश्यक सेवा लिन समस्या भएको खप्तडछान्ना गाउँपालिकाका स्थानीय भोटे सार्कीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘एक वर्ष वितिसक्दा समेत बाटो मर्मत गरिएको छैन् । सुत्केरी, ज्येष्ठ नागरिक, असक्त र बालबालिकाले स्वास्थ्य समस्या भएको बेला सहजै सेवा लिन समस्या भएको छ ।’
०७९ जेठ महिनामा खडकको केही भाग मर्मत गरिएको भएपनि वर्षातको भेलले मर्मत गरेको सबै बगाउँदा अधिकांस क्षेत्रमा बाटो अवरुद्ध भएकाले आवतजावत गर्न धेरै कठिनाइ हुने गरेको खप्तडछान्ना गाउँपालिका–७ का स्थानीय ज्ञानबहादुर चौहानले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘यातायातका साधन चल्न सकेका छैनन् । बिरामी भएका व्यक्तिलाई अस्पतालसम्म पुर्याउन कठिनाई हुने गरेको छ । विद्यार्थीहरुलाई विद्यालय जान असहज भएको छ । सम्बन्धित निकायलाई पटक पटक आग्रह गरिएको भएपनि खडकको स्तरवृद्धिको काम हुन नसकेको छैन् ।’
खप्तडछान्ना गाउँपालिकाका उपाध्यक्ष विष्णु थापाले सडक अवरुद्ध हुँदा वर्षातको समयमा आफू लगायत स्थानीयलाई समस्या हुने गरेको स्विकार गर्नु भयो ।
उहाँले भन्नु भयो– चार / पाँच स्थानमा खोलाले कटान गरेर सडक अवरुद्ध भएको छ । अहिले मर्मत गरेपनि खोलाले धार परिवर्तन गरेर बगाइहाल्छ । त्यसैले पानी पर्न कम भएपछि असोज महिनाबाट मर्मतको काम सुरु गर्छौँ । ’
बाढीले बाटो समेत बगाउँदा आवतजावत मै समस्या भएपछि स्थानीय युवाहरु विभिन्न ठाउँमा अवरुद्ध भएको बाटो मर्मत गर्दै आएका छन् ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…