सडक पुननिर्माणमा ढिलाइः बिरामीलाई स्टेचरमै बोकेर अस्पताल पुर्याउनुपर्ने बाध्यता
वर्षातको समयमा दैनिकजसो परेको पानीले जिल्लाको ग्रामिण सडक हिलाम्मे हुँदा स्थानीयलाई स्वास्थ्य लगायत अन्य सेवा लिन समस्या भएको छ । कुमाख गाउँपलिकाको बडागाउँदेखि पालिका सदरमुकामसम्म पुग्ने बाटो ०७९ असार १७ गतेदेखि अवरुद्ध हुँदा अत्यावश्यक स्वास्थ्य सेवा लिनबाट स्थानीय वञ्चित भएको कुमाख गाउँपालिका–५ का स्थानीय नवराज शाहीले गुनासो गर्नु भएको छ ।
नवराजका ७८ वर्षीय बाबु बुद्धि शाही ०७९ साउन ११ गते घर नजिकै रहेको कुलोबाट लडेर गम्भीर घाइते भएपछि खुट्टा भाँचिएको थियो । उहाँलाई उपचारका लागि नेपालगञ्ज लैजान खोजेपनि बाटोको समस्याका कारण बाबुलाई रुकुम पश्चिमस्थित चौरजहारी मिसन अस्पताल पु¥याउन समेत समस्या भएको नवराजले बताउनुभयो ।
गाउँपालिकाले बिरामीलाई सहज हुने भन्दै एम्बुलेन्स खरिद गरेको छ उहाँले भन्नुभयो, तर करिब एक महिना हुन लाग्दा समेत अवरुद्ध भएको मोटर बाटो संचालनमा आउन नसक्दा स्थानीयले समस्या भोग्नु परेको छ ।
वर्षातले बाटो बिग्रिएको लामो समयसम्म पनि मर्मत हुन नसक्दा यहाँका बिरामीलाई स्टेचरमै बोकेर करिब तीन घण्टाको पैदल बाटोबाट चौरजहारी अस्पतालमा लगेर उपचार गराउनु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
यस्तै कुमाख गाउँपालिका–३ निवासी २२ वर्षीया सीता नाथ योगीले साउन १२ गते घरमै बच्चा जन्माइन् । रातको समयमा छिटो व्यथा लाग्दा जोखिम मोलेर घरमै सुत्केरी भएपनि बच्चाले दुध चुस्न नसकेको भन्दै उनी पालिका सदरमुकाममा रहेको शहीद स्मृत अस्पताल सेराडाँडासम्म पुग्न उनलाई पनि स्टेचरकै सहारा लिनु पर्यो ।
बाटो बिग्रिएका कारण गाडी बोलाउने अवस्था थिएन, राती पानी परिरहेको थियो, व्यथा लागेपनि बिहानसम्म स्टेचर बोलाएर अस्पतालसम्म जानु पर्ला भनेको राती नै बच्चा जन्मियो, सुत्केरी सीताले भन्नुभयो अहिले बच्चाले दुध चुस्न नसकेपछि स्टेचरमै अस्पताल पुग्नुपर्ने बाध्यता छ ।
उहाँहरू मात्र हैन वर्षातको समयमा दैनिकजसो परेको पानीले जिल्लाको ग्रामिण सडक हिलाम्मे हुँदा स्थानीयलाई स्वास्थ्य लगायत अन्य सुविधामा समस्या भएको छ ।
सडक हिलाम्मे भएकाले स्थानीयलाई अत्यावश्यक सेवा लिन समस्या भएको कुमाख गाउँपालिकाका स्थानीय भिम भारतीले जानकारी दिनुभयो । सुत्केरी तथा वृद्धवृद्धा तथा बालबालिकाले समेत स्वास्थ्य समस्या भएको बेला सहजै सेवा लिन नपाएको उहाँले बताउनुभयो ।
जिल्लाको बाग्चौरदेखि रागेचौर हुँदै चौरजहारी जाने सडक पूर्वाधार विकास कार्यालयले केही किलोमिटर कालोपत्रे गरेको र केही वर्षअघि संघीय सरकारको बजेटमार्फत ग्राबेल गरेपनि वर्षातको भेलले ग्राबेल सबै बगाउँदा अधिकांश क्षेत्र हिलाम्मे भएको र आउजाउ गर्न धेरै कठिनाइ हुने गरेको कुमाख गाउँपालिका–५ का भद्रबहादुर बुढाले बताउनुभयो ।
नियमित गाडी चल्न सकेका छैनन, उहाँले भन्नुभयो ‘बस्तीमा कोही बिरामी भएमा अहिले अस्पतालसम्म पु¥याउन कठिनाई हुने गरेको छ । सम्बन्धित निकायलाई बारम्बार आग्रह गर्दै आएपनि स्तरवृद्धिको नाममा झारा टार्ने काम गरेकाले समस्या बढ्दै गएको उहाँको भनाई छ ।
यता गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक लालबहादुर रावतले वर्षातको समयमा आफु लगायत स्थानीयलाई समेत समस्या भएको स्वीकार गर्नु भयो ।
संयोजक रावतले भन्नु भयो पूर्वाधार विकास कार्यालयले केही स्थानमा कामगर्ने भनेपछि अन्य ठाउँमा पालिकाले पनि सडक मर्मतको काम सुरु गर्नेछ । वर्षातको समयमा ग्रामिण रुपमा संचालन हुने बाटो मर्मत तथा सुधारको कामलाई निरन्तरता दिन आफुहरू लागि परेको उहाँले बताउनुभयो ।
मिना बुढाथोकी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…