सडक निर्माण ढिलो हुँदा धुलोले समस्या परेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
सडक निर्माणको काम ढिलो हुँदा धुलोले समस्या पारेको भन्दै कावासोती नगरपालिका–१६, स्थित डण्डा बजार विकास एवम् व्यवस्थापन समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
नारायणगढ–बुटवल सडक निर्माणको काम सुस्त हुँदा सडक छेउछाउका व्यवसायी धुलोकै कारण विस्थापित हुनुपर्ने अवस्था आएको समितिका अध्यक्ष पदमबहादुर केसीले बताउनु भयो ।
यसैगरी निर्माणको काम लथालिङ्ग बनाएर छाडिदिँदा स्वास्थ्यमा समेत प्रतिकुल असर पारेको भन्दै निर्माणको काम छिटो सम्पन्न गराउन माग राख्दै आफूहरूले ज्ञापनपत्र बुझाएको उहाँले बताउनु भयो । अत्यधिक धुलोका कारण दैनिक कामकाज गर्न समस्या भएको अध्यक्ष केसीले बताउनु भयो ।
कात्तिक ५ गते नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेललाई ध्यानाकर्षणपत्र बुझाउँदै बजार क्षेत्रमा काम छिटो सम्पन्न गराउन पहल गरिदिन अनुरोध गरेको डण्डा बजार विकास एवम् व्यवस्थापन समितिले जनायो ।
सडकको धुलोले फोक्सोको समस्या देखिन थालेको, धुलोका कारण बजार नै बन्द गर्नुपर्ने लगायत समस्या देखिएको भन्दै छिटो भन्दा छिटो डण्डा बजारको सडक कालोपत्रे गर्न जिल्ला प्रशासनमा ध्यानाकर्षणपत्र बुझाएको स्थानीय दुर्गा रिजालले बताउनु भयो ।
विगत चार वर्षदेखि आफूहरूले सडकको धुलो खानुपरेकाले छिटो सडक निर्माण गरी आफूहरूले भोग्नु परेको सास्ती न्युनिकरण गर्न जिल्ला प्रशासनमार्फत पहल गरिदिन आग्रह गरिएको उहाँले बताउनु भयो ।
सडकको धुलो नियन्त्रणमा चासो नदिए आफुहरु सडक अवरुद्ध गर्ने देखि थप आन्दोलनका कार्यक्रममा जाने समेत उहाँले बताउनु भयो ।
ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पोख्रेलले आफूले सक्दो पहल गरिरहेको र सम्बन्धित पक्षसँग थप तदारुकताकासाथ छलफल गरी समस्याको समाधानमा लाग्ने बताउनु भयो ।
दयाराम आचार्य
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…