सडक निर्माण कार्य सम्पन्न नहुँदा वातावरणमा प्रदुषित

  ०७९ फागुन ५ गते

सन्धिखर्क नगरपालिका – १ शान्ति बगैचादेखि फुदवाङ्सम्मको सडक खण्ड एक वर्ष बितिसक्दा पनि सडक निर्माण कार्य सम्पन्न नहुँदा धुलोका कारण स्थानीय बासिन्दा र यात्रुहरू वातावरण प्रदूर्षणको मारमा परेका छन् ।

वातावरण सङ्रक्षण ऐन २०७६ को प्रस्तावनामा उल्लेखित– ‘स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको मौलिक अधिकारको संरक्षण गर्न’ बनेको कानूनी व्यवस्था कार्यान्वयन हुन सकिरहेको छैन भन्ने कुरा सन्धिखर्क शान्ति बगैचा देखि फुदवाङसम्मको सडकको अवस्थाले जनाउँछ ।

शान्ति बगैचा देखि स्याला बजार बाटो किनारका स्थानीय जनताहरु सडक निर्माणको काम ढिलाई भएको र पानी आउँदा हिलो भएर हिड्न नसकिने, घाम लाग्दा धुलो उडेर वरिपरिको वातावरण प्रदुषित हुन गएकोले टोलबासी र यात्रुलाई बस्न, यात्रा गर्न सास्ती भएको स्थानीयको गुनासो छ ।

सडकमा ढुङ्गा माटो थुप्राउँदै गएको र सानो बाटो गाडी ओहोर दोहोर गर्दा बालबालिका विद्यालय जान आउन पनि समस्या भएको छ । धुलो र बाटो असजिलो हुनाले ज्येष्ठ नागरिकहरु घुमफिर गर्न वा कामले बाहिर हिड्न डुल गर्न नसक्ने अवस्था भएको हाटबजार लाईनका सालिकराम अधिकारी बताउनु भयो ।

स्थानीय सरकार र सडक निर्माणका ठेकेदारले बुझ्नु पर्ने, छिटो छरितो गर्नु पर्ने, सदरमुकाम रहेको वडाभित्रको मुख्य सडकमा हिड्दा स्वास फेर्न नसकिने धुलो फैलिएको स्थानीय महिला गंगा गैरैले बताउनु भयो ।

जनताको स्वास्थ्य माथि ठूलो खेलवाड भएको छ । यदि छिटो काम हुन सक्दैन भने नजिकैको खोलाबाट पानी ल्याएर छर्किनु पर्ने स्थानीय इन्दीरा सापकोटाले बताउनु भयो ।

धुलोका कारण उडेर हिड्न नसकिने, घरभित्रको वातावरण भान्सा कोठामा, सुत्ने कोठा समेत धुलाम्मे भएर श्वास प्रश्वासमा बाधा भइरहेको, रुघा, खोकीले सताएको र आँखा चिलाउने पोल्ने समस्या आएको नागरिक समाजका अगुवा नारायण खड्काले बताउनु भयो ।

सडक सुधार निर्माणको काम निरन्तर भइरहेको र गिट्टी बालुवा खानी निकासी बन्द भएको र खानेपानीका पाईप लाईन सम्बन्धी बिबाद हुँदा ढिला हुन गएको बताउनु भयो ।

सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले सडक निर्माणको काममा ठेकदारले ढिलाई गरेका कारण सम्पन्न हुन नसकेको बताउनु भयो ।

सडकको धुलोले वातावरण र स्वास्थ्यमा पारेको असर र जनगुनासो अनुसार काम सम्पन्न नहँुदासम्म दिनमा दुई पटक सडकमा पानी छर्किन लगाइने बताउनु भयो ।


कूलबहादुर नेपाली