सडक निर्माणले क्षति पुर्याएका खानेपानी मुहान र पाइप मर्मत नहुँदा खानेपानीको समस्या
सडक निर्माणले क्षति पुर्याएका खानेपानी मुहान र पाइप मर्मत नहुँदा दुई महिना देखि खानेपानीको समस्या भएको छ ।
प्यूठान नगरपालिका– ५ मा सडक निर्माण गर्दा खानेपानीको मुहान तथा पाइपमा भएको क्षति मर्मत नहुँदा प्यूठान नपा–२, ३ र ५ का ३ सय ५० घर धुरीमा दुई महिनादेखि खानेपानीको समस्यामा परेका हुन् ।
प्यूठान नगरपालिका–५ को पातलकटेरीमा मोटर बाटो निमार्णको क्रममा प्यूठान नपा– २ , ३ र ५ मा सञ्चालन हुदै आएको बिसमुरे खानेपानीको मुहान तथा पाइपमा क्षति पुगेको थियो ।
उक्त पाइप र मुहान मर्मत नहुँदा आफूहरूलाई खानेपानीको समस्या भएको प्यूठान नपा–२ का ३२ वर्षीय रूद्रबहादुर खडकाले बताउनु भयो ।
दुई महिना बित्न लाग्दासम्म पनी प्यूठान नगरपालिकाले मर्मत कार्यलाई चासो नदिनु र उक्त बस्तीहरूमा अन्य खानेपानीको श्रोत पनि नभएकोले समस्या भएको प्यूठान नपा–३ की ५५ वर्षीया लाली बिकले बताउनु भयो ।
गर्मीको समय पानीको खपत बढी हुने र बस्तीमा आउने एउटा मात्र पानीको स्रोतमा क्षति पुग्दा रातीनै उठेर एक घण्टा टाढाबाट पानी बोक्नु पर्ने बाध्यता भएको प्यूठान नपा — २ का ३६ वर्षीय लाला घर्तीमगरले बताउनु भयो ।
खानेपानीको समस्यालाई समाधान गर्नको लागि जिल्ला खानेपानी डिभिजन कार्यालय प्यूठानलाई पाइप र प्रबिधिक उपलव्ध गराउन अनुरोध गरेको प्यूठान नपा–३ का वडा अध्यक्ष तथा प्रवक्ता सुमनराज श्रेष्ठले बताउनु भयो ।
जिल्ला खानेपानी डिभिजन कार्यालय प्यूठानबाट पाइप उपल्ब्ध हुनासाथ खनेपानी सहज हुने श्रेष्ठले बताउनु भयो ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…