सडक नखुल्दा मतदाताहरू जोखिम मोल्दै घर फर्किन बाध्य

  ०७९ मङ्सिर ३ गते

पहिरोले अवरुद्ध भएका सडक लामो समयसम्म नखुलाइँदा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न जोखिम मोल्दै मतदाताहरू घर फर्किन बाध्य भएका छन् । फर्किदै गरेका मतदाताहरुले सास्ती व्यहोर्नु परेको छ ।

कर्णाली करिडोर अन्तर्गत कालिकोटदेखि हुम्लासम्मका विभिन्न खण्ड महिनौँदेखि  अवरुद्ध भएपछि मतदान गर्न आफ्नो घर फर्कन थालेका मतदाताहरुले यतिखर सास्ती खेप्नु परेको छ ।
जसका कारण हुम्ला घर भएका मतदाताहरू सुर्खेत हुँदै कर्णाली करिडोरबाट नआई सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला भएर आउन बाध्य भएका छन् ।

कालिकोट खुलालुदेखि हुम्लाको सल्लिसल्ला खण्डका विभिन्न भाग पहिरोले अवरुद्ध बनाइएको छ । चंखेली गाउँपालिका–६ का खडक शिराले सकसपूर्ण यात्रा गरी हुम्ला जिल्लाको सल्ली सल्लासम्म आइपुगेको बताउनु भएको छ ।

उहाँले अछाम, बाजुरको मार्तडी हुँदै सल्लीसल्ला पुग्न एक साता लागेको जानकारी दिनु भयो हो । धेरैको बिचल्ली भएको छ । विशेष गरी महिला, बालबालिका, वृद्व वृद्वा र शारीरिक रूपले कमजोर भएकाहरूले सबैभन्दा धेरै सास्ती भोग्नु परेको चंखेली गाउँपालिका–५ नेप्काकी हिमा खत्री तामाङले गुनासो गर्नु भएको छ ।

त्यस्तै सर्केगाड गाउँपालिका–६ की रेलकला रोकायाले कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्ला खण्डका धेरै ठाउँमा पहिरोले अवरुद्ध पारेको सडक अझै नखुलाउँदा दुःख पाएको बताउनु भएको हो । उहाँका अनुसार मतदान गर्नका लागि राजनितिदलका उम्मेदवारहरू ताकेता मात्रै लगाउने तर विकासका काममा भने पछि पर्ने देखिएको छ ।
गत बर्खामा पहिरो खसेर अवरुद्ध भएको सडक महिनौँदेखि उस्तै छ । सरोकारवाला निकायले बेवास्ता गर्दा सुदूरपश्चिमका दुई जिल्ला नाघेर हुम्ला पुग्नु परेको उहाँले गुनासो गर्नु भएको छ ।

उहाँका अनुसार बाजुराको धलाचौरसम्म गाडीमा जान सकिन्छ । त्यहाँ पहिरोले सडक रोकिएकाले त्यसपछि कठिन यात्रा गर्नुपर्छ । कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म सडक भए पनि हिँडेर आउनु परिरहेको जानकारी दिनु भएको छ ।

बाटो नखुल्दा स्थानीय व्यापारीलाई समेत समस्या परेको छ । ताजाकोट गाउँपालिका–१ का धनबहादुर खड्काले सामान लिन हिडेर बाजराको धुलाचौर पुग्नु परेको बताउनु भयो छ । महिनौँदेखि सडक अवरुद्ध छ । चाउचाउ, बिस्कुट सकियो । त्यही बेचेर परिवार पाल्ने गरेका थियौँ उहाले भन्नु भयो । सामान लिन पाँच घण्टा हिडेर बाजुराको धुलाचौर पुग्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।

PhotoHumla20221119 (2)

PhotoHumla20221119 (1)


नन्द सिंह