सडक अवरूद्ध भएपछि दैनिक उपभोग्य वस्तुको अभाव
वर्षाका कारण नाग्मा गमगढी सडकमार्ग विभिन्न स्थानमा भत्किएपछि यातायात अवरूद्ध हुँदा जिल्लामा दैनिक उपभोग्य सामानको अभाव भएको उद्योग वाणिज्य महासङ्घ मुगुले जनाएको छ ।
असार १५ गतेदेखि लगातार परेको वर्षाले ९४ किलोमिटर नाग्मा गमगढी सडकखण्डमध्ये सबैभन्दा बढी घुच्चिलेखदेखि सदरमुकामसम्म भत्किएपछि दैनिक १५ देखि २० ओटा व्यापारीका सामान ढुवानी गर्ने मालबाहक गाडीलाई ढुवानीमा समस्या भएपछि जिल्लामा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको हो ।
वर्षाका कारण सडक अवरूद्ध भएपछि सर्वसाधारणका लागि चाहिने दैनिक उपभोग्य सामानहरूमा चिनी, तेल, मैदा, साबुन, चाउचाउ, बिस्कुट, दाललगायतका सामानको अभाव भएको छ ।
गाँउमा किरान पसलका लागि आवश्यक सामान लिन खच्चडसहित आएका हुम्ला दार्मका केशर शाहीले बजारका प्रत्येक पसलमा जाँदा पनि खोजेको सामान नपाउँदा रित्तै खच्चड लिएर फर्किनु परेको गुनासो गरे ।
सडक अवरूद्ध भएपछि भौतिक निर्माणका सामाग्रीहरूको पनि अभाव भएको छ । वर्षाले सडक भत्काएका स्थानमा सम्बन्धित निकायले समयमा मर्मत नगरे बजारमा सबै किसिमका सामानको अभाव हुने उद्योग वाणिज्य महासङ्घका नृपेन्द्र मल्लले बताए ।
तत्काल भत्किएका स्थानको मर्मत गरी सडक सुचारू गर्न सडक डिभिजनको डोजर ताल्चामा पठाएपनि जुम्लादेखि व्यापारीले ढुवानीका गाडी नल्याउँदा सामानको अभाव भएको प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले जानकारी दिए ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…