सडक अवरूद्ध भएका कारण समयमै अस्पताल पुर्याउन नसक्दा मृत्यु
लगातारको वर्षाले सडक सञ्जाल भत्किएर एम्बुलेन्स सञ्चालन हुन नसक्खा उपचारको पखाईमा रहेका रौतामाई गाउँपालिका-६ चिसापानीका सात वर्षीय एञ्जल मगरको असोज १३ गते मृत्यु भएको छ ।
ज्वरो, निमोनिया र झाडापखालाका कारण ०८१ असोज ११ गते सिकिस्त भएका बालकलाई उपचारका लागि गाईघाट ल्याउँदै गर्दा निरन्तरको झरीले अवरूद्ध भएको सडक खुल्न नसक्दा बालकलाई समयमै उपचारका लागि अस्पताल पुर्याउन सकिएको थिएन । उपचारका लागि अस्पताल लैजाने क्रममा बाटो अवरूद्ध भएका कारण अस्पताल पुर्याउन सकिएको थिएन ।
त्रियुगा नगरपालिका-१५ स्थित स्वास्थ्य चौकी खाँबुमा बालकको उपचार सम्भव नभएको र थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजानुपर्ने भएपनि यातयातको अभावका कारण रानीबासमै बालकको ज्यान गएको त्रियुगा नगरपालिका-१५ का वडाध्यक्ष गणेश तिम्लसिनाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
खाँबु रानीवासबाट सदरमुकाम गाईघाटसम्मको दुरी ३१ किलोमिटर छ । लगातारको बर्षाका कारण ठाउँ-ठाउँमा सडक अवरूद्ध भएपछि ०८१ असोज ११ गतेदेखि नै सवारी आवगमन बन्द थियो । समयमै उपचार नपाउँदा बालकको मृत्यु भएपछि असोज १३ गते परिवारजनले परम्परा अनुसार बालकको सद्गद् गरेका छन् ।
राकेश नेपाली
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…