सञ्जालको बैठकमा भूकम्प पीडितको अवस्थाबारे समीक्षा
मानव अधिकार सञ्जाल गोरखाको भदौ २१ गते बसेको बैठकले भूकम्प प्रभावितको अवस्थाबारे समीक्षा गरेको छ ।
जिल्लाका भूकम्पपीडितहरूको दैनिकी अझैसम्म पनि कष्टपूर्ण रहेकोले प्राप्त अनुदान रकमको सदुपयोग गर्न र अनुदान रकम पाउन बाँकीलाई शीघ्र उपलब्ध गराउन माग गरिएको सञ्जालका अध्यक्ष यदु अधिकारीले बताएका छन् ।
अनुदान सम्झौता सकिएर पहिलो किस्ता लभाग्राहीको खातामा जम्मा हुँदा समेत निजी आवास पु्नर्निर्माणको काम अघि बढ्न नसकेको भन्दै अविलम्व पुनर्निर्माणको काम अघि बढाउन सम्बन्धित निकयको ध्यानाकर्षण गराइएको अध्यक्ष अधिकारीले बताए ।
त्यस्तै अनुदान प्राप्त गर्न नाम छुटेकाहरूको विषयमा छानबिन गरी नाम समावेश गर्न पनि माग गरिएको उनले बताए ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…