सञ्चार माध्यममा २५ वटा आचारसंहिता उलङ्घनका घटना
प्रेस काउन्सिल नेपालले स्थानीय निर्वाचनका सन्दर्भमा गरेको सञ्चार अनुगमनमा एक सातामा दुई दर्जन आचारसंहिता उलङ्घनका घटना पहिल्याएको राससले जनाएको छ ।
निर्वाचन आयोगको सहकार्यमा यही वैशाख १९ गतेबाट व्यवस्थितरुपमा काउन्सिलले सुरु गरेको सञ्चार अनुगमनमा विभिन्न छापा, रेडियो, टेलिभिजन र मुख्य अनलाइनमा गरी २५ वटा आचारसंहिता उल्लङ्घनका समाचार पाइएको काउन्सिलले जनाएको छ ।
काउन्सिलले आफ्ना नियमित नौ कर्मचारी र नयाँ १२ जना गरी कुल २१ जनशक्ति परिचालन गरी सो अनुगमन गरेको हो । राजधानी काठमाडौँबाटप्रकाशित हुने मुख्य पत्रपत्रिकाका साथै पहिलो चरणमा निर्वाचन हुने प्रदेशका सञ्चार माध्यमलाई पनि अनुगमनमा राखिएको छ ।
काउन्सिलका निमित्त अध्यक्ष किशोर श्रेष्ठले व्यावसायिक र सन्तुलित समाचार भए/नभएको र आयोगले जारी गरेको आचारसंहिता उलङ्घन भए/नभएको सम्बन्धमा काउन्सिलले गुणात्मक र सङ्ख्यात्मक दृष्टिमा नमूना सर्वेक्षण विधिबाट अनुगमन गरिरहेको बताए ।
काउन्सिलका मुख्य प्रशासकीय अधिकृत झविन्द्र भुसालका अनुसार ती घटनाबारे आयोगलाई प्रतिवेदन पठाइएको र त्यसलाई चाँडै सार्वजनिक पनि गरिनेछ । भुसालले कोडिङसहित सफ्टवेयर प्रणालीबाट तयार हुने प्रतिवेदनबारे आयोगलाई दैनिक जानकारी दिइने बताए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…