सञ्चारकर्मी र मानव अधिकारकर्मीबिच बैठक सम्पन्न
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा र नेपाल पत्रकार महासङ्घ रूपन्देहीको संयुक्त आयोजनामा रूपन्देहीमा मिडिया साझेदारी बैठक सम्पन्न भएको छ ।
बैठकमा सहभागीहरूले देशको राजनीतिक अस्थिरताका कारणले गर्दा सञ्चारकर्मी र मानव अधिकारकर्मीहरू असुरक्षित र जोखिमपूर्ण अवस्थामा रहेको बताएका थिए ।
नेपाल पत्रकार महासङ्घ रूपन्देहीका अध्यक्ष शेरबहादुर केसीले संविधान संशोधन प्रस्ताव पश्चात मानव अधिकार रक्षकहरूले थप जोखिमपूर्ण अवस्थाको सामाना गर्नु परिरहेको बताए । केसीले मानव अधिकार रक्षकहरू एकजुट भएर मानव अधिकारको रक्षा र संरक्षणको लागि सरकारलाई दबाव दिनुपर्ने बताए ।
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका मानव अधिकार अधिकृत अनिज पौडेलले पश्चिमाञ्चल क्षेत्रमा घरेलु हिंसाका घटनाहरू बढी भएको बताउँदै गम्भीर प्रकृतिका मानव अधिकार हनन्का घटनाहरू नभएको बताए । उनले मानव अधिकार रक्षकहरू तटस्थ, निष्पक्ष र संयमित भएर काम गरेमा जोखिम घट्ने बताए ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक शिव खकुरेलले मानव अधिकारको प्रत्याभूतिका लागि सरकार सँगसँगै मानव अधिकार रक्षकहरूको पनि विशेष भूमिका रहनुपर्ने बताए ।
महिला अधिकारकर्मी इन्दिरा आचार्यले महिला मानव अधिकारकर्मीहरू सामाजिक संरचनाका कारण थप जोखिममा रहेको बताइन् ।
कार्यक्रममा गुल्मी, अर्घाखाँची, नवलपरासी, पाल्पा र रूपन्देही जिल्लाका इन्सेक जिल्ला प्रतिनिधि र सञ्चारकर्मीहरूले जिल्लागत रूपमा मानव अधिकारको अवस्थाका बारेमा रिपोर्टिङ् गरेका थिए ।
रीमा विसी
सम्बन्धित समाचारहरू
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भारतको सिद्धार्थनगर जिल्ला वेदबरिया ग्राम उत्तर प्रदेशका २० वर्षीय दिपक पासी विरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा ०८१ माघ ७ गते उजुरी दर्ता भएको छ…