सङ्घीय गठबन्धनद्वारा निर्वाचन अधिकृतको कार्यलय घेराउ
रामग्राम नपा, प्रतापपुर गाउँपालिकाको बेलाटारी र पाल्हीनन्दन गाउँपालिकाको कुश्मामा रहेका निर्वाचन अधिकृतको कार्यालय अगाडि राष्ट्रिय जनता पार्टी सम्मिलित सङ्घीय गठबन्धनका कार्यकर्ताहरूले नाराबाजी गर्दै कार्यालय घेराउ गरेका छन् ।
जेठ १७ गते गठबन्धनका कार्यकर्ताहरूले आफ्ना कुनै पनि माग पुरा नगरी निर्वाचनको मिति घोषणा गरेको आरोप लगाउँदै सोको विरोधमा केन्द्रीय कार्यक्रम अनुसार निर्वाचन कार्यलय घेराउ गरेको बताएका छन् ।
गठबन्धनका जिल्ला संयोजक मुकरजी गिरी र राष्ट्रिय जनता पार्टीका क्षेत्रीय अध्यक्ष रामकृत यादवको नेतृत्वमा भएको घेराउ कार्यक्रममा बोल्ने वक्ताहरूले आफूहरूको सहभागिता बिना हुने निर्वाचन मान्य नहुने र कुनै पनि अवस्थामा निर्वाचन सफल हुन नदिने चेतावनी दिएका थिए ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…