सङ्गठित अपराधको निर्भीकतापूर्वक अनुसन्धान गर्ने कार्यमा व्यवधान खडा नहोस्: इन्सेक
नक्कली भुटानी शरणार्थी प्रकरणलाई सङ्गठित अपराधको संज्ञा दिँदै निर्भीकतापूर्वक अनुसन्धान गर्ने कर्तव्य पालनाका लागि राज्यका संयन्त्रमाथि कुनै पनि किसिमको व्यवधान खडा नहोस् भन्नेमा सजग रहन सबै दलका नेतृत्वसँग इन्सेकले माग गरेको छ ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जेठ २ गते जारी विज्ञप्तिमा नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन प्रकृया प्रमुख दलहरूका उच्चस्तरीय राजनीतिक नेतृत्वको तथाकथित सहमतिका कारण टुङ्गोमा नपुग्ने सर्वव्यापक आशङ्का गम्भीर चिन्ताको विषय बन्न पुगेको उल्लेख छ ।
'यस मामिलामा गहन र निष्पक्ष छानविन गरी संसारको नजरमा नेपाल राष्ट्रको प्रतिष्ठा पूर्णतः धराशायी हुन नदिने अवसर गुमाउनु हुँदैन । तर, सरकारको नेतृत्व र राज्यका विभिन्न निकायहरूकै भ्रष्टाचार र अनियमिता विरुद्धको प्रतिबद्धतामा समेत प्रश्न उठिरहेको आजको अन्योलपूर्ण अवस्थामा आमजनता, नागरिक समाज र सार्वभौम सत्ता सम्पन्न जनताको प्रतिनिधिमूलक संस्था संसदले अझ जागरुक हुँदै प्रभावकारी भूमिका निर्वाह गर्नु जरुरी छ ।'-विज्ञप्तिमा उल्लेख छ ।
विधायक र उच्च पदस्थ राजनीतिक व्यक्तित्वहरूसहित राज्य संयन्त्रको संलग्नतामा भएको नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधको जरासम्मै छानविन भई सम्पूर्ण आरोपितहरूमाथि कानुनी कारबाही हुन सकेन भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमासमेत आउनसक्ने गम्भीर परिणामको अन्तिम जिम्मेवारी लोकतन्त्र र गणतन्त्र स्थापनाको अगुवाइ गर्ने दलहरूले नै लिनुपर्ने कुरा इन्सेकले सम्झाएको छ ।
इन्सेकले प्रेस विज्ञप्तिमार्फत नेपाल प्रहरी तथा राज्यका अन्य अङ्गबाट हालसम्म भएको अनुसन्धान कार्यको सराहना गरेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…