सङ्खुवासभाका ३५ मतदान केन्द्र अति सम्वेदनशील
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सङ्खुवासभामा निर्धारण गरिएको मतदान केन्द्रहरूमध्ये सुरक्षाको दृष्टिकोणले ३५ मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ ।
जिल्लामा १ सय ५३ मतदान केन्द्रमध्ये ३५ मतदान केन्द्र अति सम्वेदनशील, २८ सम्वेदनशील र ९० मतदान केन्द्र सामान्य रहेको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।
भौगोलिक विकटता, दलीय अस्वस्थ्य प्रतिस्पर्धा, दलीय विभाजनको वैमनस्यतालगायतका विषयलाई हेरेर अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेर सोही अनुसार मतदान केन्द्रलाई सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।
'अति सम्वेदनशील र सम्वेदनशील केन्द्रको सुरक्षा चुनौती हेरेर सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।'-प्रमुख जिल्ला अधिकारी जोशीले भने ।
पहिलो चरणमा हुने सङ्खुवासभाको निर्वाचनमा करीब ३ हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।
बाबुराम बास्तोला
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका– १३ बस्ने ५५ वर्षीय रामेश्वर नेपालीलाई प्रहरीले २०८० असोज ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटक पटक र पछिल्लो…
सडकमा बस्दै आएकी बेसाहरा महिलालाई इन्सेकको पहलमा आश्रममा पठाइयो
बाणगङ्गा नगरपालिका–४ स्थित जीतपुर चौकमा बेसाहरा अवस्थामा सडकमा बस्दै आएकी अन्दाजी ३० वर्षीया एक महिलालाई इन्सेकको पहलमा असोज ७ गते मानव सेवा आश्रम, रुपन्देहीमा राखिएको छ । जितपुर चोकको दक्षिणतर्फको…
नेपालकै पहिलो बालमैत्री नगरका ३३ जना बालबालिकामा कुपोषणको समस्या
बालमैत्री नगर घोषणाका लागि ०६६ देखि योजना तय गरी ०७३ वैशाख ३१ गते नेपालकै पहिलो बालमैत्री नगरका रूपमा घोषणा गरिएको विराटनगरमा ३३ जना बालबालिकामा कुपोषणको समस्या पाइएको छ । विराटनगर…
हत्या घटनाका आरोपितविरूद्ध उजुरी
यशोधरा गाउँपालिका– १ की २२ वर्षीया नसिमा खातुनको हत्या गरेको आरोपमा मृतकका माइती पक्षले मृतकका पति २६ वर्षीय प्रवेज आलम मुसलमान र सासु ४५ वर्षीया साजमा खातुनविरूद्ध असोज ४ गते …
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…