सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना
द्वन्द्वपीडित समाजले चैत १७ गते पोखरामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री बनाउन माग गर्दै धर्ना विरोध प्रदर्शन गरेका छन् ।
संक्रमणकालीन न्याय सम्बन्धि वेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो शंसोधन) विधेयक–२०७९ प्रतिनिधिसभामा पेश भएकोप्रति उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना विरोध प्रदर्शन गरेका हुन् ।
द्वन्द्वपीडित समाज गण्डकीका अध्यक्ष बद्रीबहादुर केसीले जघन्य अपराधलाई घुमाउरो पारामा उन्मुक्ति दिने विधेयक उन्मुख भएकाले त्रुटिपूर्ण विधेयकलाई सच्याउन माग गनु भयो ।
द्वन्द्वपीडित समाज कास्कीका अध्यक्ष दुदराज अधिकारीले संसदमा पेश भएको विधेयक जस्ताको तस्तै पास हुँदा दण्डहिनता झन मौलाउने भएकाले त्यलाई छलफलबाट सच्याएर अगाडि बढेमात्र पीडितले न्याय पाउने बताउनुभयो ।
प्रदर्शनकारीहरूले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीमार्फत १७ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षणपत्र पठाएका छन् ।
गत फागुन २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई शंसोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेस गरेसँगै द्वन्द्वपीडित तथा अधिकारकर्मीहरूले त्यसको चौतर्फी विरोध गर्दै आइरहेका छन् ।
नारायण केसी
सम्बन्धित समाचारहरू
महिला हत्या घटनाका आरोपित गिरफ्तार
चितवनको राप्ती नगरपालिका-७ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ भगवती बहाल बस्ने २६ वर्षीया जेनिशा तामाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१० का ३० वर्षीय अमर रञ्जितकारलाई प्रहरीले ०८०…
अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी हत्या
अज्ञात पक्षद्वारा प्रतापपुर गाउँपालिका– ८, बेरिहवाका ५१ वर्षीय तिलकराज भेडियार र उनकी पत्नी ५० वर्षीया निर्मला भेडियारको घर नजिकै रहेको भैसीगोठमा सुतिरहेको अवस्थामा जेठ २३ गते धारिलो हतियार प्रहार गरी…
बालविवाह कसुरमा तीन वर्ष कैद
१४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा खडक नगरपालिका–९ लालपट्टीका २१ वर्षीय धिरेन्द्रकुमार साहलाई जेठ २४ गते तीन वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले आरोपितले…
मानव बेचबिखन कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला
१४ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जेठ २२ गते राजपुर गाउँपालिका–७ की ३० वर्षीया सृया भनिने शान्ति थापा मगरलाई १५ वर्ष कैदको फैसला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१३ का ३६ वर्षीय शुरेश कुमार साहलाई इलाका प्रहरी कार्यालय लहानले जेठ २१ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ ८ गते बलात्कार…