सङ्क्रमणकालीन आयोगका पदाधिकारीमा निष्पक्ष र सक्षम व्यक्तिलाई सिफारिस गर्न ध्यानाकर्षण
द्वन्द्वपीडित साझा चौतारीलगायत २६ ओटा सङ्घसंस्थाले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीमा निष्पक्ष र सक्षम व्यक्तिहरुलाई सिफारिस गर्न ध्यानाकर्षण गराएका छन् ।
विश्वसनीय, पारदर्शी र सार्वजनिक छनौट प्रक्रियाद्वारा स्वायत्त, निष्पक्ष र सक्षम व्यक्तिहरुलाई सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीमा सिफारिस गर्न सिफारिससमितमार्फत सरकारको ध्यानाकर्षण गराएको द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले बताउनु भयो ।
आयोगका पदाधिकारी सिफारिस गर्न बनाइएको समितिका अध्यक्ष ओमप्रकाश मिश्रलाई उक्त ध्यानाकर्षण गराइएको पनि अधिकारीले जानकारी दिनु भयो ।
द्वन्द्वपीडित विभिन्न २६ वटा संस्थाले आइतबार बेपत्ता पारिएका व्यक्तिको छानबिन एवम् सत्यनिरुपण तथा मेलमिलाप आयोग पदाधिकारी सिफारिस समितिसमक्ष १० बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
२०८१ कत्तिक २ गते सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारी नियुक्ति गर्न सिफारिसका लागि समिति गठन गरेको थियो ।
यसअघि बनेका आयोगमा दलीय भागवण्डामा आधारमा पदाधिकारी नियुक्त भएकोले आयोग असफल भएको भन्दै उनीहरुले यसपटक सक्षम व्यक्तिहरुलाई सिफारिस गर्न ध्यानाकर्षण गरेका हुन् ।
'विगतमा २/२ पटक आयोग गठन गर्दा विश्वसनीय बनाउनका लागि पीडित समुदाय एवम् नागरिक समाजले पटकपटक राखेका चासोहरूलाई समुचित सम्बोधन गरिएन । दलीय भागवण्डामा सिफारिस गरिएका उम्मेदवारहरुलाई नै सिफारिस गरियो । फलत सङ्क्रमणकालीन न्याय प्रक्रिया सम्बोधन गर्ने, पीडितलाई न्याय दिने इच्छा शक्ति भएका, विश्वसनीय कार्ययोजना, प्रतिबद्धता र क्षमता भएका व्यक्तिहरुलाई पहिचान गर्नुको साटो दलीय भागवण्डामा प्राप्त व्यक्तिहरुलाई सिफारिस गरेकाले नै आयोग असफल हुन पुगेको तथ्य जगजाहेरै छ ।|'-विज्ञप्तिमा भनिएको छ ।
सिफारिस प्रक्रियालाई विश्वसनीय, परामर्शयुक्त, पारदर्शी र परिणामयुक्त बनाउनका लागि छनौट निर्देशिका निर्माण गर्नुपुर्व नै सिफारिस समितिले द्वन्द पीडित, नागरिक समाज, विज्ञ एवम् सरोकारवाला पक्षसँग परामर्श गर्न पनि उनीहरूले माग गरेका छन् ।
ध्यानाकर्षणपत्र पढ्न यहाँ क्लिक गर्नुहोला
पार्वती साउद
सम्बन्धित समाचारहरू
जिल्ला कारागार झापामा एक जना कैदीको मृत्यु
जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका भद्रपुर नगरपालिका-१ का ४० वर्षीय मदन सिलवालको माघ २९ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला अदालतबाट ठगी मुद्दामा कैद सजाय तोकिएपछि…
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…