सङ्कल्प यात्रामा अवरोध पुर्याउन खोजेको आरोपमा धनकुटामा १९ जना गिरफ्तार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ मा अवरोध पुर्याउन खोजेको आरोपमा प्रहरीले धनकुटाबाट मङ्सिर २८ गते १९ जनालाई गिरफ्तार गरेको छ ।
प्रहरीले एमालेको सङ्कल्प यात्रामा अवरोध पुर्याउन खोजेको आरोपमा १ नम्बर प्रदेश सङ्घर्ष समिति सदस्य छथर गाउँपालिका-२ का ५० वर्षीय योगेन्द्र लिम्बू, १ नम्बर प्रदेश सङ्घर्ष समिति सदस्य छथर गाउँपालिका-५ का ४२ वर्षीय सूर्य लिम्बू, सङ्घर्ष समिति केन्द्रीय सदस्य छथर गाउँपालिका-५ का ४० वर्षीय शङ्करमान खेवा र सङ्घर्ष समिति सदस्य छथर गाउँपालिका-२ का १७ वर्षीय बालक रूपेश लिम्बूलाई महालक्ष्मी नगरपालिका-५ लेगुवा बजारबाट गिरफ्तार गरेको छ ।
प्रहरीले १ नम्वर प्रदेश सङघर्ष समिति सदस्य छथर गाउँपालिका-५ का ४५ वर्षीय फौद लिम्बू, सङ्घर्ष समिति सदस्य छथर गाउँपालिका-५ का २५ वर्षीय दीपक लिम्बू, सङ्घर्ष समिति सदस्य छथर गाउँपालिका-५ का ४५ वर्षीय उदयदीप सुब्बा, सङ्घर्ष समिति वडा संयोजक छथर गाउँपालिका-५ का ४९ वर्षीय बोधराज लिम्बू र सङ्घर्ष समिति सदस्य छथर गाउँपालिका-२ का ३६ वर्षीय नगेन्द्र लिम्बूलाई सिधुवा बजारबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजबाबु महर्जनले बताउनु भयो ।
‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को प्रतिरोध स्वरुप छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवा बजारमा शङ्कास्पद अवस्थामा पैदल हिडिँरहेका र शान्ति सुरक्षामा असर पुर्याउन सक्ने भन्दै तेहृथुमको छथर गाउँपालिकाका नौ जनालाई गिरफ्तार गरेको हो ।
प्रहरीले पहिचान पक्षधर भन्दै धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवा बजारबाट नौ जनालाई गिरफ्तार गरेको छ ।
प्रहरीले १ नम्वर प्रदेश सङ्घर्ष समिति, सङ्खुवासभाका जिल्ला संयोजक, मकालु गाउँपालिका-३ का ४६ वर्षीय वीरेन्द्र खारा, किरात राई यायोख्खा सङ्खुवासभा, जिल्ला सचिव, खाँदवारी नगरपालिका-१ की ४१ वर्षीया उमाकुमारी राई, १ नम्वर प्रदेश सङ्घर्ष समिति, सङ्खुवासभाका जिल्ला अध्यक्ष, खाँदवारी नगरपालिका-५ का ४३ वर्षीय कर्वि राई, किरात राई धनकुटा, जिल्ला अध्यक्ष, सहिदभूमि गाउँपालिका-३ का ५१ वर्षीय उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ, धनकुटा जिल्ला अध्यक्ष, छथरजोरपाटी गाउँपालिका-५ का ५३ वर्षीय कमलसिंह तिगेला, किराँत राई यायोख्खा पाख्रीवास नगरअध्यक्ष, पाख्रिवास नगरपालिका-१ का ५८ वर्षीय जितेन्द्र राई, किरात राई यायोख्खा सङ्खुवासभा जिल्ला कोषाध्यक्ष, खाँदवारी नगरपालिका-४ का ३६ वर्षीय सोकुल राई, नेपाल कुलुङ किरात भाषा संस्कृति उत्थान सङ्घ सङ्खुवासभा, जिल्ला सदस्य सिलिचोङ गाउँपालिका-८ का ३६ वर्षीय पण्डित कुलुङ र सङ्खुवासभा, मकालु गाउँपालिका यायोख्खा गाउँसदस्य, मकालु गाँपालिका-४ का ५० वर्षीय जुद्धवीर राईलाई मङ्सिर २८ गते धनकुटा, महालक्ष्मी नगरपालिका-५ लेगुवाबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
एमाले अध्यक्ष ओलीलाई हातपात प्रयास गरेको आरोपमा महालक्ष्मी नगरपालिका-५ लेगुवा बजारका ४२ वर्षीय महेश राईलाई मङ्सिर २८ गते गिरफ्तार गरेको छ ।
गिरफ्तारीमा परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
पहिचान पक्षधर समूहले ०८० मङ्सिर २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द आव्हान गरेपछि प्रहरीले पहिचान पक्षधरलाई गिरफ्तार गरेको जानकारी दिएको छ ।
पहिचान पक्षधर समूहले कोशी नामाकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ जना सांसद र पहिचानविरूद्ध अभिव्यक्ति दिएको आरोपमा एमाले अध्यक्ष केपी ओली, नेता योगेश भट्टराई र महेश बस्नेतलक्षित विरोधका कार्यक्रम गरिरहेको छ ।
ईश्वर थापा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…