संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार

  ०८० मङ्सिर २१ गते

सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २० गते शाखा अधिकृत तण्डुकारमाथि हातपात गरेका हुन् ।

घटनाबारे इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कमा कुरा गर्दै पीडित महिला कर्मचारीले उपसचिव गैरेले कार्यालय समयमा आफ्नो कार्यकक्षमा छिरेर प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको र काम बिगारेको आरोप लगाउँदै गालामा झापड हानेको बताउनु भयो ।

त्यसैगरी सङ्घीय संसद सचिवालयका सहसचिव एवम् प्रवक्ता एकराम गिरीले पीडित कर्मचारीले सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको सचिवालयमा उजुरी दिएको र घटनाबारे सचिवालयले छानबिन गरिरहेको इन्सेकलाई जानकारी दिनुभयो ।


विमल पौडेल