संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा आह्वान गरिएको बन्दले जनजीवन प्रभावित

  ०७३ पुस २७ गते

सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा पुस २७ गते गरिएको गुल्मी बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

आन्दोलनकारीले बिहानैबाट बजार तथा कलकारखाना ठप्प पारेका थिए । बन्दका कारण लामो तथा छोटो दुरीका सवारीका साधन समेत सञ्चालन गरिएनन् । सेवाग्राहीको उपस्थिति नभएपछि सरकारी कार्यालयहरू सुनसान बनेका थिए । शैक्षिक संस्था भने निर्वाध रूपमा सञ्चालनमा आएका थिए । संशोधन प्रस्तावको विरोधमा विगतमा गरिएको बन्द हड्तालका कार्यक्रममा पनि शैक्षिक संस्था सञ्चालनमा आएका थिए ।

सरकारले पाँच नम्बर प्रदेशलाई टुक्र्याउन लागेको विरोधमा गुल्मीमा संयुक्त सङ्घर्ष समितिले मङ्सिर १५ गतेबाट चरण बन्द रूपमा आन्दोलन गर्दै आएको छ ।


टोपलाल अर्याल