संविधान संशोधन प्रस्ताव विरुद्ध मुगुमा पनि प्रदर्शन

सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरुद्धमा मङ्सिर २३ गते गमगढीमा प्रदर्शन भएको छ ।

photo20161208mugu

मङ्सिर १४ गते संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन र पाँच नम्बर प्रदेशलाई टुक्र्याउने प्रस्तावका विरुद्ध नेकपा एमाले मुगुले सत्तापक्षका दलले गरेको यो निर्णय राष्ट्रघाती तथा राष्ट्र विरुद्ध भएकाले प्रस्ताव फिर्ता लिन प्रदर्शन र सभा गरेको एमाले मुगुका अध्यक्ष धर्मबहादुर शाहीले बताए । उक्त प्रस्ताव फिर्ता नलिए थप आन्दोलन गर्ने एमाले अध्यक्ष शाहीले बताए ।

 


जीवन सेजुवाल