संविधान संशोधन प्रस्तावको विरोधमा मसाल जुलुस 

  ०७३ मङ्सिर २९ गते

सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरी ५ नं. प्रदेशका पहाडी जिल्ला तराईबाट टुक्र्याउन खोजेको विरोधमा मङ्सिर २९ गते सन्धिखर्कमा मसाल जुलुस प्रदर्शन गरिएको छ ।

photo20161214arghakhanchi

संयुक्त सङ्घर्ष समितिको आह्वानमा साँझ ६ बजे चुक्रावेशीको बेलबाटिका र बसपार्कबाट जुलुस सुरु गरी सदरमुकाम सन्धिखर्कमा पुगेर कोणसभामा परिणत गरिएको थियो ।

मसाल जुलुसलाई नेकपा माओवदी केन्द्रका पोलिटव्युरो सदस्य चन्द्रबहादुर खड्काले प्रदेश टुक्र्याउने निर्णय गरी सरकाले गल्ती गरेको बताए । उनले आफूहरूको पार्टी सरकारमा भए पनि प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

मसाल जुलुसलाई एमाले, नेपाली काग्रेस, नेकपा मालेलगायतका राजनीतिक दलका नेताहरूले सम्बोधन गरेका थिए  ।


नारायण भुसाल