संविधान संशोधन प्रस्तावको विरोधमा लालटिन जुलुश
संविधान संशोधनको विरोधमा मङ्सिर २८ गते प्यूठानमा विरोध स्वरुप लालटिन जुलुश प्रदर्शन गरिएको छ ।
अखण्ड ५ नं. प्रदेशको माग गर्दै गरिएको आन्दोलनको दोस्रो चरणको कार्यक्रम अन्तर्गत प्यूठानको व्यापारिक केन्द्र बिजुवारबाट निकालिएको लालटिन जुलुश जुम्रीमा पुगेर कोणसभा गरी सम्पन्न गरिएको सङ्घर्ष समितिले जनाएको छ ।
कोणसभामा बोल्दै एमालेका अध्यक्ष तुल्सीराम शर्माले संविधान कार्यान्वयन प्रक्रियामा लाग्नु पर्ने कुरा थाहा हुँदापनि सरकारले संविधान संशोधनमार्फत पहाडी जिल्लाहरूलाई विभाजित गर्न योजाना भएको भन्दै यसको विरुद्धमा सबै लाग्नुपर्ने बताए ।
कार्यक्रमा माओवादी क्रान्तिकारीका सचिव टिकाराम पौडेल र मालेका सचिव धनेश्वर गौतमले संविधान संशोधन गर्ने प्रस्तावलाई बेमौसमको बाजा भनेका थिए ।
संविधान संशोधन प्रस्तावको विरोधमा गरिएको आन्दोलनमा एमाले, नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा माले, राष्ट्रिय जनमोर्चा, माओवादी क्रान्तिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहँदै आएको छ ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
द्वन्द्ध पीडितलाई न्यायको अनुभूति हुनेगरी बिधेयक संशोधन गर्न एलाइन्सको माग
मानवअधिकार एलाइन्स, राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालले पीडितहरूलाई न्यायको अनुभूति हुनेगरी बिधेयक संशोधनको माग गरेको छ । एलाइन्सका अध्यक्ष मीनबहादुर शाहीले चैत ६ गते विज्ञप्ती जारी गरी नेपाल…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…