संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलका सांसदद्वारा संसद अवरोध
सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलहरूले संसद अवरूद्ध गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माले, नेमकिपालगायतका दलहरूले संशोधन प्रस्ताव देशलाई विखण्डनको बाटोमा लैजाने भन्दै व्यवस्थापिका संसदको मङ्सिर १६ गतेको बैठक अवरूद्ध गरेका हुन् ।
संसद बैठक सुरू हुनासाथ बैठकमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष तथा सांसद बामदेव गौतमले संविधान संशोधन प्रस्तावको विरोध गर्दै मुलुकलाई अलग गर्ने गरी ल्याइएको संशोधन प्रस्ताव मान्य नहुने बताए । सांसद गौतमले नयाँ संविधानको कार्यान्वयन र मुलुकमा निर्वाचन गनुपर्ने अवस्थामा सरकारले संशोधन प्रस्ताव दर्ता गराई देशलाई अन्य दिशातर्फमोड्न खाजेको आरोप लगाए ।
संसद गौतमको भनाइसँगै एमाले र अन्य दलका सांसदहरूले आ-आफ्नो ठाँउमा उठेर संविधान संशोधन प्रस्तावको विरोध गरेका थिए । विरोधपछि सभामुख ओनसरी घर्तीमगरले मङ्सिर १७ गते ३ बजेसम्मका लागि संसद बैठक स्थगित गरिएको बताइन् ।
संविधान संशोधन हुनुपर्ने माग गर्दै आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्ने भन्दै सरकारले मङ्सिर १४ गते संशोधन प्रस्ताव संसदमा दर्ता गरेको थियो । तर, उक्त संशोधन प्रस्तावले आफ्ना माग सम्बोधन नहुने भन्दै मोर्चाले पनि विरोध गरेको छ ।
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेसी मोर्चाका नेताहरूबिच मङ्सिर १६ गते बसेको बैठकमा मोर्चाका नेताहरूले सहमतिविना ल्याएको संशोधन प्रस्ताव मान्य नहुने र उक्त प्रस्तावले मधेसको माग सम्बोधन नहुने बताए ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…