संविधान संशोधन प्रस्तावको विरोधमा प्रदर्शन तथा बन्द, जनजीवन प्रभावित
व्यवस्थापिका-संसद्मा मङ्गलबार बेलुका दर्ता भएको संविधान संशोधनको विषयलाई लिएर पश्चिम क्षेत्रका विभिन्न जिल्ला र काठमाडौँमा गरिएको आन्दोलनका कारण जनजीवन प्रभावित भएको छ ।
सरकारले सीमाङ्कन हेरफेरसहित संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको विरोधमा मङ्सिर १५ गते बुटवलमा बिहानैदेखि यातायात ठप्प भएको छ ।
पाँच नम्वर प्रदेश टुक्रायाउने गरी संशोधन गर्न लागिएको भन्दै विभिन्न शिक्षण संस्थाबाट निस्किएका विद्यार्थी तथा सर्वसाधारणले बुटवलमा बिहानैदेखि चक्काजाम गरेका हुन् ।
पाँच नम्बर प्रदेशका पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा र प्यूठानलगायतका पहाडी जिल्लालाई तराईबाट अलग गर्ने गरी आएको संविधान संशोधन प्रस्ताव अविलम्ब फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने आन्दोलनकारीले बताएका छन् ।
बुटवलसँगै पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीलगायतका जिल्लामा समेत आज बिहानैदेखि विरोध प्रदर्शन भइरहेको छ ।
इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार ५ नं प्रदेशबाट अलग्याउन लागेको बिरोधमा 'संविधान संशोधन चाँहिदैन, प्रदेश नम्बर पाँचलाई टुक्राउन पाइँदैन, भन्दै मङ्सिर १५ गतेबाट गुल्मीमा आन्दोलन सुरू भएको छ । आन्दोलनका कारण उद्योग व्यावसाय, यातायात, कार्यालयहरू तथा शिक्षण संस्थासमेत बन्द हुँदा जनजीवन प्रभावित बनेको छ ।
इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार पाँच नम्बर प्रदेशलाई टुक्रायाउने प्रस्तावसहित सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको विरोधमा दाङमा पनि विरोधका कार्यक्रम भएका छन् ।
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार अनेरास्ववियू, अखण्ड प्रदेश नं ५ प्रदेश दबाव अभियान रुपन्देही, नेविसङ्घ, अखिल छैठौँलगायतका विद्यार्थी सङ्गठनहरूले संयुक्त रूपमा आज बिहानैदेखि प्रदर्शन गरेका थिए । प्रदर्शन एवम् चक्काजामका कारण दिनभर लामो तथा छोटा दुरीका सवारी साधनहरू सञ्चालन नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको थियो ।
बन्दकर्ताले तरकारी, दुध, एम्बुलेन्स, विवाह, सञ्चार, मानव अधिकारकर्मीलगायतका सवारी साधनलाई भने निर्वाध सञ्चालन हुन दिएका थिए ।
यसैबिच इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक शिव खकुरेल नेतृत्वको टोलीले बुटवलकाे प्रदर्शन तथा बन्दको अनुगमन गरेको थियो ।
काठमाडौँमा प्रदर्शनकारीहरुले बा १ झ ८११३ नम्बरको सरकारी गाडीमा तोडफोड गरेका छन् । तेडफोडका कारण गाडीको पछाडिको सिसा फुटेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…