संविधान प्रदत्त सार्वभौम अधिकारको प्रयोग गरौँः इन्सेक
आवधिक रूपमा गरिने निर्वाचन अन्तर्गत भोलि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संविधान प्रदत्त सार्वभौम अधिकारको प्रयोग गर्न इन्सेकले अपिल गरेको छ ।
‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गराउनु निर्वाचन आयोगको दायित्व हो भने आफूलाई मन परेको उम्मेदवार छान्न पाउनु जनताको नैसर्गिक अधिकार हो । त्रास,धम्की,प्रलोभनमा नपरी मतदानमा सहभागी हुन हामी अपिल गर्दछौँ ।’–इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा मङ्सिर ३ गते जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधानमा नेपालको सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा निहित हुने व्यवस्था रहेको इन्सेकले जारी गरेको अपिलमा उल्लेख छ ।
अपिलमा भनिएको छ–‘आवधिक निर्वाचन आफैँमा त्यो अवसर हो, जसमार्फत् नागरिकले राज्य सञ्चालनलाई निर्देशित गर्छन् । आफ्ना लागि नीति बनाउने र त्यसको कार्यान्वयनमार्फत् आफ्नो जीवनस्तर सुधार्न पहल गर्ने प्रतिनिधि चुनेर पठाउँछन् ।’
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…