संविधान कार्यान्वयनका लागि खबरदारी आवश्यक

  ०७९ असाेज ३ गते

संविधान कार्यान्वयनका लागि खबरदारी आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

राष्टिय मानव अधिकार आयोग नेपालगञ्ज, इन्सेक नेपालगञ्ज र एडभोकेसी फोरमका संयुक्त आयोजनामा असोज ३ गते अयोजित संविधान कार्यान्वयनमा हाम्रो भूमिका विषय अन्तरक्रिया कार्यक्रम  बोल्ने वक्ताहरूले उक्त कुरामाजोड दिएका हुन् ।

कार्यक्रममा मानव अधिकार संगठन प्रहलाद कार्कीले संविधान निर्माण र सपथ ग्रहण गरेकाहरूबाटै संविधान उल्लङ्घन भइरहेको बताउनु भयो । कार्कीले परिस्थिति बदिलए पनि पात्र नबदिलएको बताउदै नागरिकहरूले मानव अधिकारको प्रत्याभुती गर्न नसकेको बताउनु भयो ।

गैसस महासंघका जिल्ला अध्यक्ष नमस्कार शाहले संविधानमा उल्लेख गरिए  कानुनहरू कार्यान्वयनमा खरबरदारी हुन जरूरी रहेको बताउनु भयो ।

द्वन्द्व पीडित तथाअ एकल महिला सञ्जालकी अध्यक्ष जयन्ती केसीले संविधानमा उल्लेख भए बमोजिम द्वन्द्व पीडित सवालहरू सम्बोधन हुन नसकेको बताउनु भयो ।

आइएचआरसीका विश्वजीत तिवारीले संविधान कार्यान्वयनका लागि मानव अधिकारकर्मीहरूले खबरदारी गर्न आवश्यक रहेको बताउनु भयो ।

सञ्चारकर्मी मधु पौडेलले नागरिकता प्राप्त गर्न नसकेको कारण कतिपय नागरिक राज्य पाउने सेवाबाट बञ्चित रहेको बताउनुभयो ।

एडभोकेसी फोरमका बसन्त गौतमले शक्ति र सत्ताले संविधानलाई प्रभाव पारेको बताउदै नागरिकको मौलिक हकलाई कार्यान्वयमा ल्याउनु पर्ने बताउनु भयो ।

यसैगरी,  डुडुवा गाउँपालिकामा निर्वाचन भएको लामो समयसम्म पनि गाउँ सभा  बस्न नसकेको अवस्थामा सेवाग्राहीहरू मर्कामा परेको विषयमा मानव अधिकारकर्मीहरूले सम्वाद गर्ने योजना बनाइएको इन्सेकका प्रदेश संयोजक भोला महतले बताउनु भयो ।


लक्ष्मी थारू