संविधानमा लेखिएका विषय कार्यान्वयन गर्नुपर्नेमा जोड
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिला स्वयम् आफ्नो हक र अधिकारका लागि नबोल्दासम्म संविधानमा लेखिएका अक्षरले मात्रै समानता नल्याउने बताएका छन् । उनले संविधानमा लेखिएका विषयलाई अक्षरस कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
'सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मुल आधार महिलाको आफ्नो शरीर, श्रम र पहिचानमा आफ्नो अधिकार' भन्ने नारासहित महिला मानव अधिकार रक्षक सञ्जाल र पोखरा-लेखनाथ महानगरपालिकाको संयुक्त आयोजनामा चैत ५ गतेदेखि पोखरामा आयोजित कार्यक्रमको उद्घाटनका अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री गुरुङले समाजलाई परिवर्तन गर्नु छ भने सुरूवात आफैँबाट गर्न आवश्यक रहेको बताउँदै देशका ५२ प्रतिशत महिलाको समृद्धि बिना देश विकास असम्भव रहेको उल्लेख गरे ।
चैत ७ गतेसम्म चल्ने कार्यक्रममा हानिकारक परम्परागत अभ्यासहरू, पुनर्निर्माण र सुरक्षित रोजगार, महिलाको उत्पादन, पहुँच र नियन्त्रण वर्तमान स्थिति, न्यायमा महिलाको पहुँच, समस्या, चुनौति र समाधानका उपायलगायतका विषयमा छलफल गरिने कार्यक्रमकी संयोजक सरलाकुमारी पाण्डेले बताइन् ।
कार्यक्रममा प्रदेश ४ का स्थानीय तथा प्रदेश सभाका जनप्रतिनिधिहरू, महिला मानव अधिकार रक्षकलगायत ३ सय बढी प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
सङ्गीता भाट
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…