संविधानको कार्यान्वयन र निर्वाचनका चुनौती विषयक छलफल सम्पन्न
इन्सेक तेह्रथुमको आयोजनामा फागुन १३ गते संविधान कार्यान्वयन र निर्वाचनका चुनौती विषयक छलफल सम्पन्न भएको छ ।
छलफललाई सम्बोधन गर्दै नेपाल बार एसोसिएशनका निवर्तमान उपाध्यक्ष एवम् इन्सेकका कार्यसमितिका पुर्व सदस्य टिकाराम भट्टराईले नागरिकका अधिकार प्राप्तिका लागि ०७४ साल माघ ७ गते सम्ममा तिनै तहको निर्वाचन गर्न जरुरी रहेको बताए । उनले निर्वाचन भए सबैको अधिकार सुनिश्चित हुने दावी गरे ।
नेपालको संविधान संसारकै सबैभन्दा लचक संविधान भएकोले यसको संशोधन आवश्यक नरहेकोसमेत भट्टराईले बताए । अहिले केही दलहरूले संविधान संशोधनलाई लिएर निर्वाचनमा अड्को थापेको भन्दै त्यसको तुक नभएको भट्टराईको भनाइ छ ।
छलफलमा जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, कानुन व्यावसायी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
भगिश्वर लिम्बू
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको छुः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई न्यायको अनुभूति हुनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको बताउनुभएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा मङ्सिर २४ गते…
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…