संरक्षणको अभावमा दुई जना बालबालिका बिचल्लीमा
संरक्षणको अभावमा खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका १२ वर्षीय लक्ष्मण धामी र उनकी आठ वर्षीया बहिनी विपना धामी विगत दुई महिनादेखि बिचल्लीमा परेका छन् ।
बुवाको करेण्ट लागेर मुत्यु भएको र आमाले दोस्रो विवाह गरेर गएपछि यी दुई बालबालिकाहरु बिचल्लीमा परेका हुन् ।
पीडित बालबालिकाका बुवा जीतबाहदुर धामीको दुई वर्ष आगडि भारतको पिथौडागड्मा करेण्ट लागेर मृत्यु भएको र आमा रामकला धामीले दुई महिना आगडि दोस्रो विवाह गरेर गएपछि लक्ष्मण र विपना बिचल्लीमा परेका स्थानीय चन्द्र धामीले इन्सेक जिल्ला प्रतिनिधिलाई फोनमार्फत जानकारी दिनुभयो ।
संरक्षण गर्ने परिवारका सदस्यहरु नभएपछि हाल दुबै दाजुबहिनी आफन्तको घरमा गाउँलेको सहयोगमा बसिरहेका भए पनि उनीहरुलाई दैनिक खानलगाउन समस्या उत्पन्न भएको स्थानीय राजेन्द्र धामीले बताउनु भयो ।
गाउँ नजिकै रहेको खापरदेवस्थी माविमा अध्ययनरत दुबै दाजुबहिनी बुवाको मृत्यु र आमाले दोस्रो विवाह गरेर गएदेखि विद्यालय जान छोडेको र उनीहरुसँग कापी, कलम र विद्यालय पोषाक किन्न पैशा समेत नएको उहाँले बताउनु भयो ।
आमाले दोस्रो विवाह गरेर गएदेखि आफूहरु बिचल्लीमा परेको र विद्यालय जाने रहर हुँदाहुँदै पनि विद्यालय पोषाक, कपी र कलम समेत किन्नलाई रकम नभएपछि विद्याललय जोडनु पर्ने बाध्यता भएको पीडित लक्ष्मण धामीले दुखेसो पोख्नु भयो । हाल आफू र बहिनीलाई विहान बेलुकीको खानाको जोहो गर्न नै मुस्किल परेको उहाँले बताउनु भयो ।
बुवाको मृत्युपछि पनि दुवै दाजुबहिनी स्कुल पढ्दै गरेको भए पनि आमाले दोस्रो विवाह गरेर गएदेखि उनीहरुको पालनपोषणमा समस्या देखिएको खप्तड छेडेदह गाउँपालिका ४ का वडाध्यक्ष दलबहादुर धामीले बताउनु भयो ।
पीडित बालबालिकाहरुको पालनपोषण गर्न तथा विद्यालय जाने वातावरण बनाउन वडा कार्यालय र गाउँ कार्यपालिकको वैठकमा पहल गरिरहेको उहाँले बताउनु भयो ।
पदमबहादुर सिंह
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…