संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा तीन गाउँपालिकामा तालाबन्दी
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले चैत ६ गते दक्षिण मर्चवार क्षेत्रका तीन वटा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।
मोर्चाले सेमरीमाई, मर्चवारीमाई र कोटहीमाई गाउँपालिका कार्यालयको साईनबोर्ड हटाएर तालाबन्दी गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीका अध्यक्ष महेन्द्र यादवले बताए ।
सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनको घोषणा गरेको भन्दै पार्टीको केन्द्रिय कार्यक्रम अनुसार गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको यादवले बताए । संविधान संशोधन नगरे मधेसमा कुनै पनि हालतमा निर्वाचन हुन नदिने उनले चेतावनी दिए ।
'स्थानीय निर्वाचन गराउने दायित्व प्रान्तीय सरकारको हुनुपर्छ । त्यसैले सरकारले संविधान संशोधन गरेर स्थानीय निर्वाचन गराउने जिम्मा प्रान्तीय सरकारलाई दिनुपर्छ ।'-यादवले इन्सेककर्मीसँगको टेलिफोनमा उनले भने-'मर्चवार क्षेत्रका गाउँपालिकामा तालाबन्दी खाली सुरुवात मात्र हो । अब मधेसका सबै जिल्लाका सबै स्थानीय तहमा तालाबन्दी गर्छौँ ।'
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…