संयुक्त राष्ट्रसङ्घीय विशेष समाधिक्षकलाई आमन्त्रण गर्न नेपाल सरकारलाई ज्ञापनपत्र
संयुक्त राष्ट्रसङ्घको मानव अधिकारसम्बन्धी विशेष समाधिक्षकलाई नेपाल भ्रमणको लागि औपचारिक निम्तो दिन आग्रह गर्दै पश्चिमाञ्चलका विभिन्न जिल्लाहरूबाट नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की तथा कास्कीमा रहेका मानव अधिकारकर्मीहरूको एक टोलीले पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझदै क्षेत्रीय प्रशासक बरालले मानव अधिकार प्रत्याभूति गर्नेतर्फ आफू सचेत रहेको बताउँदै सो ज्ञापन पत्र प्रधानमन्त्री समक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार मानव अधिकारकर्मीहरूको अवस्था अनुगमनको लागि विशेष समाधिक्षकलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा गर्न माग गर्दै मङ्सिर २४ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेमार्फत इन्सेक जिल्ला प्रतिनिधिसहितको मानव अधिकारकर्मीहरूको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
इन्सेक, नागरिक समाज, मानव अधिकार सङ्गठन, न्यायका लागि द्वन्द्वपीडित समाज र एडभोकेसी फोरमका प्रतिनिधिहरूले संयुक्त रूपमा हस्ताक्षर गरेको ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्याङ्जा जिल्ला प्रतिनिधि सङ्गिता भाटका अनुसार संयुक्त राष्ट्रसङ्घका विशेष समाधिक्षकलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्न सरकारसँग आग्रह गर्दे प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाइएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पन्तले नेपाल सरकारले हस्ताक्षर गरेका सन्धि सम्झौता कार्यन्वयन गर्नु नेपाल सरकारको कर्तव्य र दायित्व भएको बताए । उनले ज्ञापन पत्र जति सक्दो चाँडो प्रधानमन्त्रीसमक्ष पुर्याउने बताए ।
गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार रक्षकसम्बन्धी विशेष समाधिक्षकलाई नेपाल भ्रमण गर्न निम्तो दिन सरकारसँग आग्रह गर्दै इन्सेक प्रतिनिधि टोपलाल अर्याल सहितको अधिकारकर्मीको एक टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई मङ्सिर २४ गते ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले मानव अधिकारको सम्मान र रक्षकको सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताए । साथै उनले ज्ञापन पत्र आज नै प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।
मनाङ जिल्ला प्रतिनिधि सुरेश कुमार थापाका अनुसार प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीलाई एक ज्ञापन पत्र बुझाइएको छ ।
लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।
ज्ञापनपत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले विधिको शासन अनुसार व्यक्ति र सरकार चल्नुपर्ने बताए । ज्ञापनपत्रलाई आजै प्रधानमन्त्रीको कार्यलयमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।
तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार विशेष समाधिक्षकलाई नेपाल भ्रमणको आमन्त्रण गर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामलिला सुवर्णकारले हस्ताक्षर गरेको सो ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले ज्ञापनपत्र प्रति गम्भीर बनेको र सम्बन्धित निकायमा तत्काल पठाउने प्रतिबद्धता व्यक्त गरे ।
कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार विशेष समाधिक्षकलाई नेपाल भ्रमणको आमन्त्रण गर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेलको अगुवाइ तथा गैर सरकारी संस्था महासङ्घका उपाध्यक्ष जयप्रकाश पाण्डेलगायत १२ जना भन्दा बढी अधिकारकर्मीहरूको सहभागितामा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाललाई ज्ञापनपत्र बुझाइएको थियो । प्रमुख जिल्ला अधिकारी ढकालले ज्ञापनपत्र बुझदै मानव अधिकार रक्षकहरूको अधिकारको संरक्षण गर्न आफू प्रतिबद्ध रहेको र ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा तत्कालै पठाउने बताएका थिए ।
पर्वत जिल्ला प्रतिनिधि किशोर सापकोटाका अनुसार विशेष समाधिक्षकलाई नेपाल भ्रमणको आमन्त्रण गर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । पर्वतमा क्रियाशील मानव अधिकार सङ्घसंस्थाले प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मरासिनीले मानव अधिकार रक्षकको अवस्थाको अनुगमन गर्नु जरूरी रहेको भन्दै ज्ञापनपत्रलाई आफूले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाउने बताएका थिए ।
अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार मानव अधिकार रक्षकहरूको अधिकार सुनिश्चिताको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई अधिकारकर्मीहरूले ज्ञापन पत्र बुझाएका छन् ।
मानव अधिकार रक्षकको अधिकारसम्बन्धी घोषणापत्रमा व्यवस्था भए अनुरूपका अधिकारबाट वञ्चित भएको भन्दै इन्सेक प्रतिनिधि नारायण भुसालसहित अधिकारकर्मीको टोलीले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी कटुवालले अधिकारकर्मीले बुझाएको ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालय पठाउने भन्दै राज्यले मानव अधिकार रक्षकलाई सम्मान गर्नुपर्ने बताए ।
पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार मानव अधिकार रक्षकसम्बन्धी समाधिक्षकलाई नेपाल भ्रमणको लागि औपचारिक निमन्त्रणा गरी मानव अधिकार रक्षकको अवस्था अनुगमनका लागि वातावरण तयार पार्न अनुरोध सहित इन्सेकसहित पाल्पामा क्रियाशील मानव अधिकार सम्बद्ध संस्थाहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।
प्रमुख जिल्ला अधिकारी बावुराम गौतममार्फत उक्त ज्ञापनपत्र पठाइएको हो । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार रक्षकसम्बन्धी विशेष समाधिक्षकले नेपाल भ्रमण गर्न सरकारसँग अनुरोध गर्दै सो ज्ञापनपत्र पठाइएको हो ।
ज्ञापनपत्रमा इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, मानव अधिकार संरक्षण मञ्च पाल्पाका अध्यक्ष मेघराज शर्मा, मानव अधिकार एलाइन्स पाल्पाका अध्यक्ष भगवान भण्डारीलगायतका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ ।
यसैगरी रूपन्देही र गोरखा जिल्ला प्रतिनिधिका अनुसार ती जिल्लामा पनि मानव अधिकार रक्षकसम्बन्धी समाधिक्षकलाई नेपाल भ्रमणको लागि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यलयमा ज्ञापन पत्र पठाइएको छ ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखरा
सम्बन्धित समाचारहरू
जलविद्युत आयोजनाको सामग्री बोक्ने ठुलागाडीले गर्दा सर्वसाधारणको स्वास्थ्य समस्या
हिमाली जिल्ला म्याग्दीको रघुगङ्गा गाउँपालिका भित्र निर्माणधिन आठ ओटा जलविद्युत आयोजनाका कारण गाउँपालिकाका चार ओटा वडाका सर्वसाधारणमा स्वास्थ्य समस्या थपिएको छ । बिहानैदेखि गाडी कुद्न थाल्दासाथ धुलोले गाउँघरनै पुरै छोप्ने…
हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाडाँकी ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति वीरबहादुर चौहानलाई असोज २८ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २६ गते बलात्कार गरेको…
रिम्नागाउँमा खानेपानीको समस्या
भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा खानेपानीको समस्या भएको हो । रिम्नाका करिव ३ सय ५०…
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…