पतिको कुटाइबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु

  ०७९ चैत १० गते

पतिको कुटपिटबाट घाइते  पुतलीबजार नगरपालिका– १३ निवासी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा नर्भिक अस्पताल काठमाडौँमा ०७९ चैत ८ गते मृत्यु भएको छ । उपचारको क्रममा कमलाको मृत्यु भएको हो ।

लक्ष्मीप्रसाद न्यौपान र जेठाजु केशवराज न्यौपानेले गत माघ २२ गते कुटपिट गरी घाइते  हुनुभएकी कमलालाई माघ २३ गते भिरकोट नगरपालिका–१ स्थित कालिका सामुदायिक अस्पतालमा समान्य उपचार पश्चात कमलालाई थप उपचारका लागि पोखरा गण्डकी मेडिकल कलेजमा रेफर गरिएको थियो ।

टाउकोमा चोट लागेको हुँदा गण्डकी मेडिकल कलेजले समेत थप उपचारका लागि काठमाडौँसिथित नर्भिक अस्पताल पठाएको थियो ।

कुटपिटपछि बेहोस हुनुभएकी कमलालाई गाउँलेको सहयोगमा १४/१५ घण्टा पछि मात्रै अस्पताल लगिएको थियो ।

गाउँलेले कमलालाई नदेखेपछि  सोधिखोजी गर्दा कमलालाई  बेहोस अवस्थामा भेटेपछि गाउँलेले अस्पताल लगेका थिए ।

आरोपितहरू विरूद्ध ०७९ माघ २४ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ज्यान मार्ने कसुरमा उजुरी दर्ता भएको थियो ।

कुटपिटमा संलग्न आरोपित पति लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेलाई प्रहरीले गिरफ्तार गरेको  थियो ।

जिल्ला अदालत स्याङ्जाले जेठाजु केशवराजलाई २ लाख रुपियाँ धरौटीमा छोडेको छ भने पति लक्ष्मीप्रसादलाई पुर्पक्षका लागि जिल्ला कारागारमा राखिएको छ ।


राधाकृष्ण शर्मा