श्रीनगरका स्थानीय महङ्गोमा चामल किनेर खान बाध्य
अदानचुली गाउँपालिका–२ स्थित श्रीनगरका स्थानीय नागरिक महङ्गो मुल्यमा चामल खरिद गर्न बाध्य भएका छन् । श्रीनगर डिपोमा चामलको अभाव भएपछि सो ठाउँका स्थानीय नागरिक बजारमा पाइने चामललाई महङगो मुल्य तिररे खान बाध्य भएका हुन् ।
गत पुस १ गते खाद्य डिपो श्रीनगरले स्थानीय नागरिकलाई अनुदानको खाद्यान्न बिक्री गरेको भए पनि बिक्री गरेको दुई घण्टामै डिपोमा खाद्यान्न अभाव भएपछि अधिकांश सेवाग्राहीले चामल नपाएरै घर फर्कनु परेको स्थानीय परबहादुर थापाले गुनासो गर्नु भएको छ ।
उहाँका अनुसार डिपो कार्यालयमा खाद्यान्न न्युन भएको र केही स्थानीयलाई मात्रै बिक्री गर्न पुगेको भए पनि वडा नम्वर २ का करिव तीन सय भन्दा बढि घरधुरीले नेपाल सरकारले अनुदानमा दिदै आएको खाद्यान्नबाट बन्चित भएका छन् ।
दैनिक जसो स्थानीयहरू चामल खोज्दै डिपोमा पुग्ने गरे पनि रित्तो हात फर्कनु परेको थापाको भनाई छ । डिपोमा अरुवा मध्यम चामलको ३० किलो प्रति बोराको १ हजार ८ सय ५० रुपियाँ पर्ने भए पनि बजारमा २ हजार ७ सय ५० रुपियाँ महङ्गो मुल्यमा किनेर खान बाध्य भएको स्थानीय कुम्मेर बुढाले गुनासो गर्नु भएको छ ।
उहाँले भन्नु भयो “डिपोमा खाद्यान्न अभाव भएपछि श्रीनगर बजारबाट महङ्गो मुल्य तिर्नु परेको छ ।” यस अघि गत असोजमा परेको अबिरल वर्षाले बाटो अवरोधका कारण दशैँ अगाडी चामल आयत हुन सकेको थिएन । श्रीनगर डिपोमा आएको चामल मङसिर महिनामा बिक्री भएपछि सबै सकिएको श्रीनगर डिपो केन्द्रका कर्मचारी टसी फडेराले बताउनु भएको छ ।
डिपो केन्द्रका कर्मचारी फडेराका अनुसार एक पटकमा ३ सय २० बोरा ३० केजीको चामल आएको थियो भने दोस्रो पटक ३ सय १७ बोरा आए पनि सबै बिक्री भई सकेकाले हाल डिपो कार्यालय खाली रहेको छ ।
डिपो कार्यालयका लागि १ हजार क्वीन्टल आयत हुनुपर्नेमा बाँकी चामल बाटो अवरोध भएपछि रोकिएको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका कार्यालय प्रमुख कृष्णप्रसाद अधिकारीले बताउनु भएको छ । कार्यालय प्रमुख अधिकारीका अनुसार गत असोजमा परेको अविरल वर्षाले गर्दा बाटो अवरुद्ध भएकाले खाद्यान्नमा ढिलाइ भएको हो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…