श्रम गरेको ज्याला नपाएको मजदुरको गुनासो
नलगाड नपा–१० का अनक नेपालीले काम गरेको ज्याला माग्दै, ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो ।
दुई वर्षदेखि ज्यालाका लागि सम्बन्धित निकाय धाएको भएपनि यो अवधिमा काम गरेको ज्याला नपाएको र काम लगाउने ठेकेदारलाई नै पनि भेट्न नपाएको नेपाली बताउँछन् ।
‘काममा साक्षी पठाएर काम गर्न लगाए । अहिले काम सकिएको दुई वर्ष भयो । पैसा दिएका छैनन् ।’ अनकले भने–‘ज्याला खोज्दै दुई वर्ष बित्यो, ऋण काढेर ठेकेदार खोज्न जानुपर्ने बाध्यता छ । पारिश्रमिक पाउने आशामा धाएको दुई वर्ष बित्यो । पैसा पाउला र ऋण तिरौँला भनेको अझ ब्याजसमेत बढेको छ ।’
अनकमात्रै होइनन्, एउटै गाउँका ५० जना भन्दा बढी मजदुरले काम गरेको ज्याला पाएका बताउँछन् । नलगाड नगरपालिकामा निर्माण भएको चौखा–रजिक–बानियागाउँ सडकमा विसं ०७४ फागुनदेखि ०७५ जेठसम्म काम गरेका मजदुरले पैसा नपाएको गुनासो गरेका छन् ।
‘आज दिन्छु, भोलि दिन्छु भन्छन् । तर ठेकेदारले भनेको आजभोलि अझै कहिले आउने हो खै ? अहिले त फोन गर्दा समेत सम्पर्क हुँदैन ।’–धनबहादुर मल्लले भने–‘काम गरेर घर चलाउने हामीलाई पैसा नहँुदा के खाने भन्ने समस्या पर्यो । ऋण सापट गरेको ठाउँमा तिर्नै पाइएको छैन् । साहुले सामान दिनै छाडिसके ।’
बाटो निर्माणको जिम्मा लिएका ठेकेदार, जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तेजविक्रम शाह र शाहले कामको जिम्मा लगाएका वीरबहादुर सिंह कसले पैसा दिने भन्ने टुङ्गो नभएको मल्ल बताउँछन् ।
नलगाड नगरपालिकामा निर्माण भएको चौखा, रजिक बानियाँगाउँँ सडकको लागि २६ लाख ३४ हजार ६ सय २६ रुपियाँ भएपनि ठेकेदारहरूले पैसा नै नदिएर आलटाल गर्दै आएको मजदुरहरूको भनाई छ ।
ज्याला माग्दै मजदुरहरूले ०७६ साउन २ गते जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा ठेकेदारविरूद्ध उजुरी दर्ता गरेका थिए ।
उजुरीपछि साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा ठेकेदार शाहले ७ लाख २ हजार ८ सय ७ रुपियाँ पारिश्रमिक बापत कामदारलाई दिने भन्ने सहमति समेत भएको थियो ।
प्रहरी कार्यालयमा गरिएको कागजमा साउन ५ गते ३ लाख ५० हजार र साउन मसान्तमा ३ लाख ५२ हजार ८ सय ७ रुपियाँ ठेकेदार वीरबहादुर सिंहले अनक नेपालीलाई बुझाउने सहमति भएको भएपनि हालसम्म मजदुरले पैसा नपाएको भन्ने बुझिएको डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।
सो विषयमा बुझ्दा ठेकेदार तेजविक्रम शाहले आफूले पारिश्रमिक दिने विषयमा अनक नेपालीसँग कुरा गरेको र आफू ठग्ने प्रयासमा नरहेको बताए ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले दुई पक्षलाई बोलाएर समन्वय गर्ने बताए । उनले भने–‘लेनदेनको कारोबार प्रशासनले हेर्न नमिल्ने भएता पनि कामदार ठगिएको गुनासो आएकाले ठेकेदार तेजविक्रम शाह र ज्याला पाउनुपर्ने मजदुरहरूलाई बोलाएर छलफल गर्नेछौँ ।’
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…