श्रमिक महिला भन्छन्-'पुरुष सरह ज्याला नपाएपनि काम गर्न बाध्य छौँ'
सन्धिखर्क नगरपालिका भित्रका विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरूको ज्याला पुरूष सरह नभएपनि आफूहरू काम गर्न बाध्य भएको बताएका छन् ।
१२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन सन्धिखर्कको विभिन्न ठाउँमा काम गर्ने श्रमिक महिलाहरूसँगको कुराकानीमा श्रमिक महिलाहरूले यस्तो बताएका हुन् ।
उद्योग, कलकारखाना, कृषि र निर्माण क्षेत्रमा काम गर्ने महिलाहरूले भने-'मालिकले महिला र पुरूषको काममा हेर्ने दृष्टिकोण नै फरक छ । ज्यालादेखि अन्य कुरामासमेत महिलामाथि विभेद हुन्छ । तर, हामी काम गर्न बाध्य छौँ । हामीसँग अन्य कुनै विकल्प नै छैन ।'
उद्योग क्षेत्रमा काम गर्ने श्रमिक महिला जुनीता रानाले भनिन्-'घर बनाउने क्षेत्र अर्थात निर्माण क्षेत्रमा काम गर्न लागेको ५ वर्षभयो । मेरा पतिले दिनको ७ सय रुपियाँ ज्याला पाउँदा मैले ५ सय रुपियाँ पाउँछु । काम एउटै हो । समय पनि एउटै हो । तर, ज्यालामा विभेद छ ।'
कृषि क्षेत्रमा काम गर्ने श्रमिक महिला सुवी रानाले भनिन्-'मसँगै काम गर्ने पुरूषले दिनको ६ सय रुपियाँ ज्याला पाउँछन् । काम एउटै भए पनि मालिकले मलाई दिनको ४ सय रुपियाँ मात्रै ज्याला दिन्छन् । पुरुष सरह ज्याला माग्यो भने काम पाइँदैन । बाध्य भएर काम गर्नुपर्छ ।'
प्यूठान घर भई सन्धिखर्कमा मजदुरी गर्ने अम्बिका पुन मगरले भनिन्-'मेरा पतिले दिनको ७ सय रुपियाँ ज्याला पाउँदा मैले ३ सय ५० रुपियाँ पाउँछु । मालिकसँग ज्याला बढाउनुपर्यो भन्यो भने काममा लगाउँदैनन् । छोराछोरी पालनपोषण गर्नको लागि भनेपनि काम गर्नैपर्यो ।'
अम्बिका पुनका पति जीवन पुन मगरले भने-'पुरूषले भन्दा महिलाले धेरै कम ज्याला पाएको कुरा सत्य हो । ज्याला धेरै माग्दा मालिकले काममा लगाउँदैनन् । गर्न के सकिन्छ र?'
श्रमिक महिलाहरूलाई श्रमिक दिवसबारे केही थाहा नभएको बताए । उनीहरूलाई मालिकले पनि मजदुर दिवसका बारेमा जानकारी दिएका छैनन् भने अन्यले पनि खबर गरेका छैनन् । 'हामीलाई दिवसको भन्दा साँझबिहान के खाने भन्ने चिन्ताले सताउँछ?'-श्रमिक महिलाहरू बताउँछन् ।
स्थानीय सरकार सञ्चालन कार्यविधि अनुसार स्थानीय सरकारले ज्यालाको निर्धारण गर्न पाउने व्यवस्था छ । स्थानीय सरकार स्वायत्त र अधिकार सम्पन्न भए पनि यस्तो काममा स्थानीय सरकारको चासो देखिँदैन ।
सन्धिखर्क नगरपालिकाका निमित्त कार्यकारी अधिकृत गोविन्द केसीले स्थानीय सरकारले ज्याला निर्धारण गर्न नसकोको स्वीकार गरे । आगामी दिनमा यसलाई प्राथामिकतामा राख्ने उनले बताए ।
नारायण भुसाल
सम्बन्धित समाचारहरू
एम्बुलेन्स चालकमाथि हातपात
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि हातपात गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते हातपात गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी…
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…