श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो
नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्नेलाई कामदार वा मजदूर सम्झुन पर्छ भनि श्रमिकको परिभाषा गरिएको छ ।
तर, धनकुटा नगरपालिका–१० मार्गामा रहेको जनकल्याण माध्यमिक विद्यालयमा पढाए बापतको पारिश्रमिक नपाएको शिक्षिका सिर्जना भट्टराईले गुनासो गर्नु भएको छ ।
जनकल्याण माविबाट ०७९ वैशाखदेखि असार समान्तसम्मको तलब ९० हजार ८ सय ६० रुपियाँमध्ये ५० हजार रुपियाँ पारिश्रमिक नपाएको शिक्षिका भट्टराईको गुनासो छ ।
विद्यालयमा श्रम गरेका बापतको रकममध्ये ४० हजार ८ सय ६० रुपियाँ मात्र पाएको शिक्षिका भट्टराईले बताउनु भएको छ ।
जनकल्याण माविमा ०७६ साल कात्तिक ८ गते निम्न माध्यमिक तहमा तृतीय श्रेणी विज्ञान विषयमा नियुक्त भएर श्रम गरेको बापतको रकम नपाएको शिक्षिका भट्टराईको गुनासो छ ।
धनकुटाबाट मोरङ्गमा रहेको सरस्वती माविमा ०७९ असार २४ गते सरुवा भएपनि जनकल्याण माविमा श्रम गरेर पकाएको तलबमध्ये ५० हजार रुपियाँ पाउन नसकेको शिक्षिका भट्टराईले बताउनु भयो ।
जनकल्याण माविमा ०७९ वैशाखदेखि असार मसान्तसम्मको तलब ९० हजार ८ सय ६० रुपियाँमध्ये ४० हजार ८ सय ६० रुपियाँ मात्र बैङ्क खातामार्फत पाएको शिक्षिका भट्टराईले बताउनु भयो ।
जनकल्याणमा श्रम गरेको बापतको बाँकी तलब भुक्तानीका लागि ०७९ साउन २३ गते विद्यालयमा निवेदन दिएको भएपनि ०८० जेठ २२ गतेसम्म तलब नपाएको शिक्षिका सिर्जना भट्टराईले इन्सेककर्मीसँग बताउनु भयो ।
जनकल्याण माविमा पारिश्रमिकका लागि निवेदन दिएको भएपनि विद्यालय आँफैले विद्यालयलाई सहयोग भन्दै ५० हजार रुपियाँ राखेको शिक्षिका भट्टराईले बताउनु भयो ।
धनकुटा नगरपालिकाको न्यायिक समिति संयोजक भीमा खनाललाई पारिश्रमिक दिलाउन माग गर्दै ०७९ कात्तिक २७ गते धनकुटा नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएको भएपनि कारबाही नभएको शिक्षिका भट्टराईले गुनासो गर्नु भयो ।
शिक्षिकाले पकाएको पारिश्रमिक नदिएको विषयमा जनकल्याण माविका प्रधानाध्यापक चिरञ्जीवी दाहालले उहाँ सरुवा भएदेखि विद्यालय नआएकाले समस्या भएको बताउनु भयो । उहाँले पहिले सरुवा लिनका लागि विद्यालयलाई रकम सहयोग गर्ने भनेको र पछि त्यति रकम सहयोग गर्न नसक्ने बताउनु भएको प्रअ दाहालले बताउनु भयो । शिक्षक व्यवस्थापनमा लागेको खर्च चन्दादाता रुपमा राख्न लागेको प्रअ दाहालले बताउनु भयो ।
शिक्षिका सिर्जना भट्टराईले विद्यालयले सरुवा भएर रिक्त स्थानमा पदपूर्तिका लागि केही रकम मागेको र सोही अनुसार आफूले सहयोग गर्ने भनेको, तर विद्यालयले पदपूर्तिका लागि विज्ञापन नगरी आफ्नो स्थानमा सरुवा शिक्षक नै ल्याएपछि आफूले रकम दिन नसक्ने भट्टराईले बताउनु भयो ।
धनकुटा नगरपालिका न्यायिक समिति संयोजक भीमा खनालले दुवै पक्षलाई सम्पर्क गरेर समस्या समाधानको लागि पहल गर्ने बताउनु भएको छ ।
ईश्वर थापा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…