शौचालय जान पालो पर्खन्छन् कैदीबन्दी

तनहुँ जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको छ । ३५ जना क्षमताको तनहँु कारागारमा हाल ६१ थुनुवा र ६९ कैदी गरी १ सय ३० जना कैदी रहेका छन् ।

कारागारका चौकीदार नरबहादुर थापाले बिहानको समयमा कैदी बन्दीले सौचालय प्रयोग गर्न घण्टौ लाइनमा पालो पर्खनु परेको बताए ।

कारागार भित्र हाल सात ओटा शौचालय रहेका छन् । त्यही शौचालय १ सय ३० जना कैदीबन्दीले प्रयोग गनुपर्ने बाध्यता रहेको छ ।

अरू समयमा भन्दा बिहानको समयमा शौचालय जान निकै समस्या हुने चौकीदार थापाले बताए । पर्याप्त शौचालय नहुनु र क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा समस्या भएको उनले बताए ।

कारागारका प्रमुख नारयण अधिकारीले क्षमताभन्दा बढी कैदीबन्दी राखिनु पर्दा यस्तो समस्या भएको बताए । उनले केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरणको लागि पहल भइरहेको बताए ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले कैदीबन्दी धेरै हुँदा व्यवस्थापनमा समस्या भएकोले यस विषयमा कारागार व्यवस्थापन विभागमा जानकारी गराइएको बताए ।

तनहँु कारागारमा सबैभन्दा धेरै बलात्कार र बलात्कार प्रयास मुद्दाका ११ थुनुवा र ३४ कैदी रहेका छन् । त्यसपछि लागु औषध मुद्दाका २३ थुनुवा र पाँच कैदी, कतव्र्यज्यान मुद्दाका चार थुनुवा र नौ कैदी रहेका छन् ।


प्रकाशचन्द्र भट्टराई