जीर्ण कोठाभित्र जोखिम मोलेर अध्ययन ! (फोटो फिचर)
चौकुने गाउँपालिका-५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव रहेको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता रहेकाे छ । त्यस्तै ३० वर्षभन्दा पुराना कक्षाकोठामा विद्यार्थीहरू बसेर पढ्न बाध्य भएका छन् ।
विद्यालयको कक्षाकोठामा बस्ने डेस्क बेञ्च नहुँदा विद्यार्थीहरू भुइँमा बसेर पढ्छन् । गाउँभरी खानेपानीका कुनै मुहान छैनन् । भएका कुवा पनि बर्खामा मात्रै पर्याप्त पानी हुन्छ । तर, हिउँदमा भने यहाँका स्थानीय र विद्यालयलाई खानेपानीकै पिरले सताउँछ । विद्यालय जाँदा पनि पिउने पानी घरबाटै लैजानु पर्ने र विद्यालयमा शौचालय नहुँदा घरमा जानु पर्ने बाध्यता रहेको कक्षा ५ मा अध्ययनरत विद्यार्थी जानकी बुढाले बताउनु भयो ।
१० वर्ष पहिलेसम्म यो विद्यालयमा ३ सय ५० को हाराहारीमा विद्यार्थी हुन्थे । तर, बसाइँसराईका कारण हाल ७० जना मात्रै विद्यार्थी रहेका छन् । बालशिक्षामा १० जना र कक्षा १ देखि ८ कक्षासम्म ६० जना मात्रै छन् । कुवाबाट ल्याउने पानी हिलो भएका कारण शुद्ध गर्नको लागि कपडाले छानेर पानी पिउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक लोकराज देवकोटाले बताउनु भयो ।
'यहाँ गरिब र विपन्न समुदायका बालबालिका मात्र अध्ययनरत गर्छन् । ८ कक्षा पास गरेपछि कक्षा ९ देखि माथि पढ्न गुटु वा बिजौरामा भाडामा कोठा लिएर पढ्नुपर्छ । बालशिक्षामा विद्यार्थी सङ्ख्या बढेपनि माथिल्लो कक्षा गएपछि बसाइँसराईका कारण विद्यार्थी पनि घट्छन् । विद्यालयमा खानेपानी नहुँदा शौचालय प्रयोगविहीन र जीर्ण छ' - उहाँले भन्नुभयो ।
रेक्चा गाउँका लागि खानेपानीको समस्या समाधान गर्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग समन्वय भइरहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले बताउनु भयो । उहाँले अबको तीन वर्षभित्र रेक्चामा खानेपानी समस्या समाधान गर्ने योजना भएको बताउनु भयो ।
जगतदल जनाला विक
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…