शैक्षिक सत्र सुरू भएको पाँच महिना सकिँदासम्म पनि पाठ्यपुस्तक अभाव
शैक्षिक सत्र सुरू भएको पाँच महिना बितेपनि जिल्लाका विभिन्न विद्यालयमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन् ।
विद्यालयमा पाठयपुस्तक नपुग्दा पठनपाठनबाट विद्यार्थी वञ्चित भएका छन् । रोल्पाको अरेस गाविस–५ स्थित अरेस माविमा कक्षा ९ को भूगोल विषयको पाठ्यपुस्तक भदौ ३० गतेसम्म पुग्न नसक्दा विद्यार्थीहरूले अध्ययन गर्न पाएका छैनन् ।
हालसम्म पुस्तक नआएकाले त्यसभित्र के–के पाठ समावेश छन् भन्ने कुनै जानकारी नभएको कक्षा ९ मा अध्ययनरत विद्यार्थी खोपीराम सुवेदीले गुनासो गरे । हालसम्म पुस्तक हेर्न नपाउँदा अर्धवार्षिक परीक्षामा के लेख्ने भन्ने अन्यौल भएको उनले बताए ।
यस्तै जेदबाङ गाविस–८ स्थित नेपाल राष्ट्रिय माविमा पनि हालसम्म जनसङ्ख्या शिक्षाको पुस्तक पुग्न सकेको छैन । यस वर्षदेखि विद्यालयमा नयाँ ऐच्छिक विषयको रूपमा थप गरिएको जनसङ्ख्या शिक्षाको पुस्तक कतै नपाइएपछि पठनपाठनमा समस्या भएको शिक्षक कुलमान पुनले बताए । ‘यस वर्ष नयाँ ऐच्छिक विषय थप गरेको र पुस्तक नपाएपछि समस्या भएको छ ।’–शिक्षक पुनले भने ।
जिल्ला शिक्षा अधिकारी चिरञ्जीवि पौडेलले पाठयपुस्तकको अभाव केन्द्रकै समस्या भएको बताए । रोल्पामा मात्रै नभएर अन्य जिल्लामा पनि यस्तै समस्या भएको उनले बताए ।
माधवकुमार ओली
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…