शैक्षिक सत्र सुरू भएको दुई महिना बित्दासमेत पाठ्यपुस्तक नपाउदा पठपाठन प्रभावित
शैक्षिक सत्र सुरू भएको दुई महिना बित्दासमेत पाठ्य पुस्तक नपाउदा पठपाठन प्रभावित बनेको छ ।
जिल्लाका सबै स्थानीय तहका बालबालिकाले नयाँ शैक्षिक शत्र सुरू भएको दुई महिना बित्दा समेत बालबालिकाले पाठय पुस्तक नपाउदा जिल्ला भरीनै पठनपाठनमा समस्या भएको हो ।
नेपाल सरकारले कक्षा नौ, सात र चारमा नयाँ पाठ्यक्रम लागु गरेको र जिल्लामा आवश्यकताको ३० प्रतिशत मात्र पाठ्यपुस्तक आइपुगेको र बाँकी आउन केही समय लाग्ने जिल्ला शिक्षा विकास तथा समन्य इकाइका प्रमुख शिव पण्डितले बताउनु भयो । अन्य कक्षाका परीवर्तन नभएका केही पुस्तक जिल्लामा भित्रिए पनि नयाँ पाठ्यक्रम अनुसारका पुस्तक नभएकाले जिल्लाको पठनपाठनमा समस्या आएको पण्डितले बताउनु भयो ।
नयाँ शैक्षिक शत्र सुरू भएसँगै जेठको पहिलो साताबाट पठनपाठन सुरू भएको र पहिलो दुई कोभिड का कारण शैक्षिक क्यालेन्डर प्रभावित भयो । यस वर्ष पनि ढिलो शैक्षिक सत्र सुरू भएको त्यसमा पनि विषयगत पुस्तक प्रयाप्त उपलव्ध नहुँदा सिकाईमा प्रभाव पर्ने जनता माविका शिक्षक खिमबहादुर रावतले बताउनु भयो ।
जिल्लाका नौ वटा स्थानीय तहहरू मध्ये , प्यूठान नगरपालिका, मल्लरानी गाउँपालिका र झिमरुक गाउँपालिका अन्तरगर्तका विद्यालयहरूले केही मात्रामा भएपनि आफै पुस्तक खरिद गरी बालबालिकालाई उपल्व्ध गराउन थालेको र अन्य स्थानीय तहले पनि तयारी थालिएको नगर तथा पा गाउँपालिका शिक्षा शाखाले जानकारी दिएको छ ।
जिल्लामा ३ सय ९८ सामुदायिक र ४६ संस्थागत विद्यालय गरी ४ सय ४४ विद्यालयमा भर्ना भएका करिव ५९ हजार बालबालिकाले पठनपाठन गर्ने गर्दछन् । नेपालको संविधानको धारा ३१ मा मौलिक हक अन्तगर्त शिक्षा सम्बन्धी हकमा दफा १ मा प्रत्येक नागरिकलाई शिक्षामा पहुँचको हक हुनेछ भनिएता पनि बालबालिका हातमा पाठ्य पुस्तकले बालबालिकाहरू शिक्षाको अधिकारबाट बञ्चित हुनु परेकोछ ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
बलात्कार अभियोगीलाई १८ वर्ष कैद
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक चालक रंगिला तथा लडुलाल भनिने विसुनदेव मण्डललाई ०७९ माघ १८ गते १८ वर्ष कैद सजाय भएको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अदानचुली गाँउपालिका–३ घर भई हाल सूर्यबिनायक नगरपालिका–९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुरको जगातीबाट गिरफ्तार गरेको छ ।…
बालविवाह गरेको कसुरमा ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकासँग ०७९ असार १७ गते बालविवाह गरेको कसुरमा माडी नगरपालिका-२ का १७ वर्षीय बालकलाई जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले माघ १७ गते ६ महिना कैद हुने…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई ०७९ माघ १८ गते बलात्कार गरेको आरोपमा मुगु सोरु गाँउपालिका घर भई हाल सूर्यबिनायक नगरपालिका–९ पलासे बस्ने २१ वर्षीय भक्त नेपालीलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुर बाँसघारीबाट गिरफ्तार गरेको…
बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१८ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा नरहा गाउपालिका–४ का २९ वर्षीय देवरंजन सदा, २६ वर्षीय रामगेन सदा र २१ वर्षीय रामकिसुन सदालाई जिल्ला प्रहरी कार्यालय सिरहाले माघ १६ गते…