शैक्षिक सत्र सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक पाएनन्
जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयले नयाँ शैक्षिक सत्र सुरु भएसँगै जेठ १ गतेदेखि नियमित कक्षा सञ्चालन गरेका छन् । तर सामुदायिक विद्यालयका विद्यार्थीले भने अझै पाठ्यपुस्तक पाएका छैनन् ।
वैशाखभित्र नयाँ भर्ना अभियान सकेर जेठ १ गतेदेखि पठनपाठन सुरु गरेका विद्यालयले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन सकेका छैनन् ।
जिल्लामा ३ सय ४२ ओटा सामुदायिक र २३ ओटा संस्थागत विद्यालय रहेका छन् । ती सबै विद्यालयले कक्षा १ देखि ३ कक्षासम्म भने निजी विद्यालयमा पठनपाठन हुने पुस्तक पढाउने गरेका छन् ।
त्योबाहेक माथिल्लो कक्षाका विद्यार्थीका हातमा पुस्तक उपलब्ध गराउन नसकिएको विद्यालयहरूले जनाएका छन् ।
सरकारले जनक शिक्षा पाठ्यपुस्तक उत्पादन केन्द्रमार्फत सबै जिल्लामा पुस्तक पठाउने गरेको छ ।
तर यस पटक दोलखामा अझैसम्म पनि पुस्तक आउन नसकेको दोलखाका पुस्तक व्यवसायी एवम् आचार्य बुक्स एन्ड स्टेसनरी सञ्चालक सकुन्तला आचार्यले बताउनु भयो ।
उहाँको पसलमा अहिले पुस्तक आए नआएको सोध्ने विद्यालयका शिक्षक तथा विद्यार्थीको भिड नै लाग्ने गरेको छ ।
सरकारले समयमै पुस्तक छापेर जिल्लामा ढुवानी नगर्दा पसल नै बन्द गरेर बस्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
जनक शिक्षा सामग्री सेन्टरले दोलखाको लागि जेठ ९ र ११ गते पुस्तक पठाउने पत्रमार्फत जानकारी दिए पनि ९ गते पुस्तक पठाउन नसकेको चरीकोट बजारकै अर्का पुस्तक व्यवसायी शिवहरि थापाले बताउनु भयो ।
उहाँले प्राइभेट कम्पनीले छापेको र सामुदायिक विद्यालयका कक्षा १, ३ र ५ को किताब विद्यालयलाई दिए पनि कक्षा २, ४, ६, ७, ८, ९ र १० कक्षाका विद्यार्थीलाई पाठ्यपुस्तक दिन नसकेको बताउनु भयो ।
जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्न निर्देशन दिएको सरकारले जिल्लामा पाठ्यपुस्तक छपाएर पठाउन भने नसकेको उहाले गुनासो गर्नु भयो ।
शिक्षा विकास तथा समन्वय दोलखाका इकाइ प्रमुख शंकरबाबु श्रेष्ठले भने जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्र ०७९ मा परिवर्तन भएको कक्षा ४, ७ र ९ पाठ्यक्रमलाई पनि एकैसाथ छापेर ढुवानी गर्ने भएकाले जिल्लामा पाठ्यपुस्तक आउन ढिलाइ भएको बताउनु भयो ।
कक्षा सञ्चालन भएपछि पनि पुस्तक नहुँदा समस्या परेको कालिढुङ्गा माध्यामिक विद्यालय मिर्गेका प्राध्यानध्यापक पुष्करकुमार दाहालले बताउनु भयो ।
जिल्लामा पाठ्यपुस्तक नआएको कारण विद्यालयको पठनपाठन नै प्रभावित बनेको छ ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…