शैक्षिक सत्र सुरु भएको चार महिनासम्म पाठ्यपुस्तक नपाएको विद्यार्थीको गुनासो
चन्दननाथ गुरुकल पाठशालाका बालबालिकालले शैक्षिक सत्र सुरु भएको चार महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् ।
उक्त गुरुकुल पाठशालाका प्रधानाध्यापक विश्वराज उपाध्यायले शैक्षिक सत्र सुरु भएको पहिलो हप्तामा पाठ्यपुस्तकका लागि माग गरिएको भएपनि जेठ १९ गतेसम्म प्राप्त नभएको बताए । उनले भने-'पाठ्यपुस्तक नभएपछि पठनपाठनमा समस्या भएको छ । यस विषयमा पटकपटक जिल्ला शिक्षा कार्यालय जुम्लासँग अनुरोध गर्दा सुनुवाइ भएको छैन ।'
प्रधानाध्यापक उपाध्यायले भने-'अहिले गुरुकुल पाठशालामा कक्षा तीनसम्म पठनपाठन भइरहेको छ । दुई कक्षासम्मका बालबालिकाले पुराना पाठ्यपुस्तक अध्ययन गरिरहेका छन् तर कक्षा तीनका बालबालिकाले भने पाठ्यपुस्तक नपाएर पठनपाठनमा समस्या भइरहेको छ ।'
कर्णालीमा फागुन महिनादेखि शैक्षिक सत्र सुरु हुने गरेपनि आधा जेठ महिना बितिसक्दा पनि पाठ्यपुस्तक बालबालिकाले प्राप्त गर्न नसकेका हुन् ।
चन्दननाथ गुरुकुल पाठशालामा अहिले १५ जना छात्रा र २५ जना छात्र गरी ४० जना बालबालिका अध्ययन गरिरहेका छन् । उक्त पाठशालामा गुरुकुल सामाजिक, संस्कृत रचना, संस्कृत भाषा, गुरुकुल नेपाली विषय पठनपाठन भइरहेको छ ।
जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले जिल्लाले पाठ्यपुस्तक माग गरेपनि केन्द्रबाट समयमा प्राप्त नभएको बताए । यस समस्या समाधानका लागि छिट्टै व्यवस्थापन गर्ने जिशिअ फडेराले प्रतिबद्धता जनाए ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…